Saturday, September 7, 2019

पृतनापति सम्मेलन सुरु

काठमाडौं, २० भदौ– नेपाली सेनाको जंगीअड्डामा तीनदिने ‘पृतनापति समन्वयात्मक बैठक २०७६’ शुक्रबार सुरु भएको छ । समन्वयात्मक बैठकमा सहभागी कार्यालय, विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुख तथा सबै पृतनापतिले आआफ्नो जिम्मेवारी क्षेत्रको कार्य समीक्षा, वर्तमान वस्तुस्थिति, भविष्यमा आइपर्न सक्ने चुनौती एवं सुझाव सम्बन्धमा प्रस्तुतीकरण गर्ने कार्यक्रम रहेको जंगीअड्डाले जानकारी दिएको छ ।
बैठकमा प्रधानसेनापति, रक्षा मन्त्रालयका पदाधिकारी, रथी, उपरथी, सहायकरथी तथा पृतनापति सहभागी छन् । बैठकको उद्घाटन गर्दै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले यस्ता छलफलले नेपाली सेनालाई थप व्यावसायिक बनाउँदै लैजाने बताए । गौरवपूर्ण इतिहास बोकेको सेनाले बदलिँदो परिस्थितिमा आफूलाई अद्यावधिक गर्दै लैजानुपर्नेमा उनको जोड छ ।
उनले सेनाले गर्दै आएका मुलुकको विकास एवं जनहितका कामको प्रशंसासमेत गरे । कार्यक्रममा बलाधिकृत रथी शरदकुमार गिरीले सेनाभित्र अहिले भइरहेका गतिविधिबारे जानकारी गराएका थिए ।

No comments:

Post a Comment