Wednesday, September 4, 2019

प्रधानमन्त्री र मन्त्रीहरूबीच दोस्रो भिडियो कन्फरेन्स

स्वास्थ्योपचार पूरा हुँदै
काठमाडौं, १७  भदौ– स्वास्थ्योपचारका क्रममा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद्का सदस्यहरूबीच मंगलबार दोस्रोपटक भिडियो कन्फरेन्स (टेलिप्रिजेन्स) प्रविधिबाट छलफल भएको छ । उक्त अवसरमा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले अरू मन्त्रीको उपस्थितिमा सिंगापुरमा रहेका प्रधानमन्त्री ओलीलाई यसबीचमा भएका सरकारका कार्यप्रगतिसम्बन्धमा जानकारी गराएको जानकारी मन्त्रिपरिषदको उच्च स्रोतले दिएको छ ।
स्रोतका अनुसार पोखरलको ब्रिफिङलगत्तै प्रधानमन्त्रीले सबै मन्त्रीलाई आ–आफ्नो मन्त्रालयको दायित्व प्रभावकारी ढंगले अघि बढाउन निर्देशन दिएका थिए । उनको सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार भइरहेको छ । उनले मन्त्रिपरिषदका सदस्यहरूलाई आफ्नो स्वास्थ्योपचार राम्रो भइरहेको जानकारी गराउ“दै भदौ २० मा फर्कने जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओलीको प्रत्यारोपण गरिएको मिर्गाैलासम्बन्धी एन्टिबडीको मात्रालाई शरीरबाट निष्काशन गरी निराकरणका लागि प्लाजा फेरेसिसको चक्र पूरा हुन लागेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय स्रोतले दिएको छ । भदौ ५ मा उपचारका लागि सिंगापुर गएका थिए ।
यो विदेशमा रहेका प्रधानमन्त्री र मन्त्रीहरूबीचको भिडियो कन्फरेन्स (टेलिप्रिजेन्स) प्रविधिबाट भएको दोस्रो छलफल हो । यसअघि ओलीले सिंगापुरबाटै आफ्ना मन्त्रिपरिषदका सदस्यहरूसित भदौ ९ मा पहिलोपटक टेलिप्रिजेन्स छलफल गरेका थिए । त्यो टेलिप्रिजेन्स छलफलमात्र भएको, तर मन्त्रिपरिषद्को औपचारिक बैठक भने नभएको दाबी सरकारी स्रोतले दिएका छन् । प्रधानमन्त्री विदेशमा वा अनुपस्थित रहेका बेलामा पनि सूचना प्रविधिको प्रयोग गरी मन्त्रिपरिषदका बैठक र छलफल गर्न सकिने मन्त्रिपरिषदको कार्यविधि नेपाल सरकारले यसअघि नै पारित गरिसकेको छ ।


No comments:

Post a Comment