Saturday, September 21, 2019

चारविरुद्ध मुद्दा, घूससहित दुई पक्राउ

काठमाडौं, ३ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ भने दुई जनालाई घूससहित पक्राउ गरेको छ ।
घूस लेनदेन गरेकामा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका नायव सुब्बा पुरुषोत्तम पोखरेल र कर सहजकर्ता केदारप्रसाद न्यौपानेविरुद्ध मुद्दा दायर गरेको छ । पोखरलले एउटा फर्मको पूँजी वृद्धि र शाखा विस्तार गर्ने प्रयोजनार्थ सहयोग गरेबापत न्यौपानेसँग घूस लिएको अभियोगपत्रमा उल्लेख छ । यस्तै नक्कली शैक्षिक प्रमाणपत्रधारी विशालबजार कम्पनी लिमिटेडका वरिष्ठ सहायक पशुपति सापकोटा र महानगरीय प्रहरी वृत्त, थानकोटका प्रहरी नायब निरीक्षक विनोदमान राजभण्डारीविरुद्ध मुद्दा दायर भएको छ ।
छानबिनबाट सापकोटा र राजभण्डारीले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रका आधारमा जागिर खाएको पुष्टि भएकाले उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । अख्तियारले महानगरीय प्रहरी प्रभाग थली, काठमाडौंका प्रहरी नायब निरीक्षक विपिनचन्द्र पन्त र नापी कार्यालय भक्तपुरका सर्भेक्षक सिद्धराज जोशीलाई घूससहित पक्राउ गरी हिरासतमा राखेको छ । पन्तले गाडी दुर्घटना केसमा मिलापत्र गरिदिएबापत ५ हजार र जोशीले जग्गा नापजा“च गरेबापत फिल्ड खर्च भनी ८ हजार रुपैयाँ सेवाग्राहीसँग लिएकाले दुवै जनालाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

No comments:

Post a Comment