Saturday, September 28, 2019

आइतबारदेखि १० चक्के गाडीलाई काठमाडौं प्रवेशमा रोक

काठमाडौं, ११ असोज– दसैंका लागि राजधानी आउजाउ गर्ने यात्रुहरूका लागि सडक जाम हुन नदिन यातायात व्यवस्था विभागले आइतबारदेखि ठूला मालवाहक सवारी साधनलाई काठमाडौं प्रवेशमा रोक लगाएको छ ।
दसैमा काठमाडौ बाहिर जाने र आउने यात्रुहरू नागढुंगा–नौबीसे खण्डमा १२ घन्टासम्म जाममा पर्न थालेपछि विभागले शनिबार विज्ञप्ति जारी गरी ठूला मालवाहक सवारी साधनलाई उपत्यकामा प्रवेशमा रोक लगाउने निर्णय गरिएको जनाएको छ । ठूला मालवाहक सवारी साधनलाई रोक लगाइएपछि उक्त खण्डको जाम हटने विश्वास विभागले व्यक्त गरेको छ ।
विभागका अनुसार आइतबारदेखि असोज १८ गतेसम्मका लागि १० चक्के र त्योभन्दा ठूला सवारी साधनलाई काठमाडौं आउजाउमा रोक लगाइएको हो । त्यस्ता ठूला मालवाहक सवारी साधनहरूलाई चितवनको नारायणगढमै रोकिने जानकारी विभागले दिएको छ । अत्यावश्यक औषधि र खाद्यान्न बोकेका ठूला गाडीलाई भने काठमाडौं प्रवेश गर्न दिइनेसमेत विभागले जनाएको छ ।


No comments:

Post a Comment