Friday, September 27, 2019

८ वटा अतिथिगृह बनाइने

मन्त्रिपरिषदका निर्णय
काठमाडौं, ९ असोज– सरकारले विदेशी मुलुकबाट आउने विशिष्ट अतिथिलाई राख्न ८ वटा राजकीय अतिथिगृह बनाउन गुरुयोजना स्वीकृत गरेको छ । सरकारले यसअघि मन्त्री क्वाटर रहेको ललितपुरको पुल्चोकमा १० वटा अतिथिगृह बनाउने निर्णय गरेको थियो । मन्त्री क्वाटर पुल्चोकबाट सारेर ललितपुरको भैंसेपाटीमा बनाउने सरकारी योजना छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले पुल्चोकमा पर्याप्त ठाउ“ नभएकाले ८ वटा मात्रै अतिथिगृह बनाउने गुरुयोजना स्वीकृत गरेको जानकारी सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बा“स्कोटाले दिए ।
पूर्वराष्ट्रपतिलाई उपचार खर्च
मन्त्रिपरिषद्ले पूर्वराष्ट्रपति रामवरण यादवलाई भारतको चण्डीगढस्थित अस्पतालमा उपचार गराउ“दा लागेको खर्च उपलब्ध गराउने निर्णय गरेको छ । सरकारले नया“दिल्लीस्थित नेपाली दूतावासमार्फत यादवको उपचारमा लागेको खर्च अस्पताललाई भुक्तानी गर्ने व्यवस्था मिलाएको जानकारी बाँस्कोटाले दिए ।

त्यसैगरी सरकारले भारतीय नागरिक शम्भुप्रसाद मण्डलले मोरङ जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकता प्रमाणपत्र रद्द गरेको छ । नेपाली भएको झुटो विवरणका आधारमा नागरिकता प्रमाणपत्र लिएकाले मण्डलको प्रमाणपत्र रद्द गरिएको उनले बताए ।
भरतपुरमा मंसिर १४ मै चुनाव
सरकारले भरतपुर महानगर–१६ मा रिक्त वडाध्यक्षका लागि मंसिर १४ मा नै चुनाव गराउने निर्णय गरेको छ । भरतपुर–१६ का वडाध्यक्ष चतुरमान गुरुङको निधन डेढ साताअघि भएको थियो ।
सञ्चार मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा बाँस्कोटाले भरतपुर–१६ मा मंसिर १४ मै उपनिर्वाचनको मिति तोकेर निर्वाचन आयोगलाई जानकारी गराइएको बताए । सरकारले यसअघि प्रतिनिधिसभा–१, प्रदेशसभा–३ र स्थानीय तहका ४७ सिटमा मंसिर १४ मा उपनिर्वाचन गराउने तिथि तय गरेको छ । आयोगले उपनिर्वाचनको तयारी गरिरहेको छ ।
अस्ट्रेलियासँग हवाई सम्झौता गरिने
सरकारले नेपाल र अस्ट्रेलियाबीच हवाई सेवा सम्झौता गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले नेपाल र अस्ट्रेलियाबीच हवाई सेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अस्ट्रेलियासित प्रारम्भिक हवाई सम्झौता गर्ने अख्तियारीसमेत दिएको छ ।

No comments:

Post a Comment