Monday, September 9, 2019

निजामतीमा लगातार तेस्रो वर्ष भेटिएनन् सर्वोत्कृष्ट कर्मचारी

१० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार
काठमाडौं, २२ भदौ– सरकारले यस वर्षसमेत झन्डै ८० हजारको संख्यामा रहेका निजामती कर्मचारीभित्र एक जना पनि सर्वोत्कृष्ट कर्मचारी पाउन सकेन । निजामती सेवा दिवसका आइतबार सरकारले १० जनालाई उत्कृष्ट सेवा र ३० जनालाई निजामती सेवा पुरस्कार प्रदान गरे पनि सर्वोत्कृष्ट पुरस्कार पाउने कर्मचारी भने भेटन नसकेको जानकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीले दिएका छन् ।
ती अधिकारीका अनुसार निजामती सेवाभित्रको सबभन्दा ठूलो पुरस्कार लगातार तेस्रो वर्ष कसैलाई पनि नदिइएको हो । सर्वोत्कृष्ट सेवा पुरस्कारको राशी २ लाख रुपैया“को छ । निजामती सेवाभित्र सर्वोत्कृष्ट काम गरेको एक जनालाई हरेक वर्ष सर्वोत्कृष्ट पुरस्कार दिने कानुनी व्यवस्था छ । निजामती सेवाको स्तर वर्षेनि सुधार हुनुको सट्टा खस्क“दै गएकाले सर्वोत्कृष्ट कर्मचारी भेटन नसकिएको टिप्पणी उच्च सरकारी अधिकारीकै छ ।
सरकारले २०७३ सालमा तत्कालीन अर्थसचिव शान्तराज सुवेदीलाई सर्वोत्कृष्ट सेवा पुरस्कार प्रदान गरेको थियो । त्यसअघिका वर्षहरूमा तत्कालीन परिक्षा नियन्त्रक सहसचिव सूर्यप्रसाद गौतम एवं उपत्यका विकास प्राधिकरणका भाइकाजी तिवारीलाई सर्वोत्कृट पुरस्कार प्रदान गरेको थियो । गौतम हाल भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव छन् ।
मन्त्रिपरिषदको आइतबार बसेको बैठकले मुख्यसचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा रहेको समितिको सिफारिसमा निजामती सेवाभित्रका १० जना कर्मचारीलाई उत्कृष्ट र ३० जनालाई सेवा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
जनही १ लाख रुपैया“ राशीको उत्कृष्ट सेवा पुरस्कार पाएका कर्मचारीमा सहसचिवहरू महेश्वर काफ्ले (महालेखा परिक्षकको कार्यालय), नारायणप्रसाद रेग्मी (सहरजिष्टार, सर्वोच्च अदालत), रामकाजी खडका (परराष्ट्र), हुमकला पाण्डे (अख्तियार), केदारनाथ शर्मा (गृह), केदारप्रसाद पनेरू (संघीय मामिला तथा सामान्य प्रशासन), दिनेश रेग्मी (प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय) तथा उपसचिव विष्णप्रसाद रेग्मी (कानुन मन्त्रालय), नायव सुब्बा रोशन राई (निर्वाचन आयोग) र कार्यालय सहयोगी कृष्णगोविन्द महर्जन (प्रधानमन्त्री कार्यालय) छन् ।
जनही ५० हजार रुपैया“ राशीको निजामती सेवा पुरस्कार रामप्रसाद घिमिरे, जगन्नाथ देवकोटा, मणिराम गेलाल, अणप्रसाद न्यौपाने, पूर्णबहादुर द्वारचन, पूर्णमान श्रेष्ठ, समन्तमणि आचार्य, राममणि भट्टराई, रुद्रप्रसाद पण्डित, केशवप्रसाद पन्त, दिनेश भट्टराई, बिमल सापकोटा, संगीता ओझा, महेन्द्रप्रसाद सा“चीलाई प्रदान गरिएको छ ।
यसैगरी  केशवप्रसाद घिमिरे, सुशील डंगोल, भाष्कर दाहाल, कमानसिंह थापामगर, विकास सुन्दास, मदनकुमार सिंह, शोभाकुमारी पोखरेल, डिल्लीराम भट्ट, पुनिता झा, कल्पना शर्मा ढकाल, विद्याचन्द्र झा, उमेश मोची, सुमित्रा केसी पुन, मैती तामाङ, धर्मराज पाण्डे र बाबुरत्न महर्जनलाई निजामती सेवा पुरस्कार प्रदान गरिएको छ ।

No comments:

Post a Comment