Wednesday, October 10, 2018

ट्रायल फेललाई लाइसेन्स दिने उपसचिवसहित १० जनाविरुद्ध मुद्दा

काठमाडौं, २३ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्रायल फेल भएका २ सय ४ जनालाई सवारी लाइसेन्स (चालक अनुमतिपत्र) दिएको आरोपमा यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाका प्रमुख (उपसचिव) तेजनारायण यादवसहित १० जनाविरुद्ध मंगलबार मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामा उपसचिवका अतिरिक्त ६ अधिकृतसमेत छन् ।
अख्तियारले एकान्तकुना कार्यालयका आखा अधिकृतहरू ईश्वरराज रेग्मी, भूपराज दाहाल, शिवप्रसाद सुवेदी, विष्णुप्रसाद सुवेदी, मेकानिकल इन्जिनियर श्याम केसी, नायव सुब्बा लेखनाथ भुसाल, ठूलो भ¥याङ कार्यालयका शाखा अधिकृत शालिग्राम पौडेल, कम्प्युटर अपरेटर विज्ञान खडकी यातायात व्यवस्था विभागका कम्प्युटर अपरेटर लक्ष्मण तिवारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले उनीहरूलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १३ अनुसार हदैसम्मको जरिवाना र कैद सजाय गर्न अभियोगपत्रमा मागदाबी गरेको छ । अनुसन्धानका क्रममा ती कर्मचारीले ट्रायल फेल भएकालाई लाइसेन्स दिएको खुलासा भएपछि उनीहरूविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता सहसचिव रामेश्वर दंगालले जनाएका छन् ।

‘अनुसन्धान सिलसिलामा ती तीन कार्यालयबाट गत माघ १ देखि फागुन २५ सम्म कार, जिप, डेलिभरी भ्यानको प्रयोगात्मक परीक्षाको नतिजा फेरबदल एवं थपघट गरी गराई २ सय ४ वटा लाइसेन्स जारी गरेको पाइयो’ अख्तियारद्वारा जारी विज्ञप्तिमा छ ।



No comments:

Post a Comment