Monday, October 8, 2018

प्रतिष्ठानको कुलपतिमा पुनः उप्रेती नियुक्त

काठमाडौं, २१ असोज– नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा पुनः गंगाप्रसाद उप्रेती नियुक्त गरिएका छन् । प्रतिष्ठानका प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्री केपी ओलीको प्रस्तावमा मन्त्रिपरिषदको आइतबार बसेको बैठकले उप्रेतीलाई चार वर्षका लागि कुलपति नियुक्त गरेको हो । ओलीले आइतबार नै उप्रेतीलाई आइतबार पद तथा गोपनीयताको सपथग्रहण गराए । 
प्रतिष्ठानको सदस्यसचिवमा जगतप्रसाद उपाध्यायलाई नियुक्त गरिएको छ । उप्रेतीले उपाध्यायलाई आइतबार नै पद तथा गोपनीयताको सपथ गराए । उपाध्याय नेपाल संस्कृत विश्वविद्यालयका पूर्व कुलसचिव हुन् । उनी यसअघि प्रज्ञा प्रतिष्ठानको दुई कार्यकाल प्राज्ञ सभाका सदस्य थिए । 
नवनियुक्त कुलपति उप्रेतीको यो दोस्रो कार्यकाल हो । यसअघि चारवर्षे कार्यकाल गत भदौ २३ मा सकिएको थियो । गणतन्त्र घोषणापछि बैरागी काइ“ला कुलपति र उप्रेती उपकुलपति भएर काम गरेका थिए । उप्रेतीलाई प्रधानमन्त्री केपी ओलीनिकट भएकाले तेस्रो कार्यकालका निम्तिसमेत पुनःनियुक्ति गरिएको हो । ‘गंगाप्रसाद सरलाई प्रधानमन्त्री ओलीले दाइ भनेर सम्बोधन गर्नुहुन्छ,’ उप्रेती निकट स्रोतले भन्यो, ‘उहा“ (उप्रेती) प्रधानमन्त्रीको किचेन क्याबिनेटकै मान्छे भन्दा फरक पर्दैन ।’

तेह्रथुम जिल्लाको आठराई गाउ“पालिका इवा गाउ“मा वि.सं.२००४ फागुनमा जन्मिएका उप्रेतीले नेपाली विषयमा स्नातकोत्तर र बिएल अध्ययन गरेका छन् । उपे्रतीको तीनवटा समालोचना संग्रह, तीनवटा नियात्रा संग्रह, एउटा निजात्मक निबन्ध संग्रह, एउटा कविता संग्रह, एक व्यक्ति केन्द्रित समालोचना र दुईवटा विदेशीलाई भाषा सिकाइ पुस्तक (नेपाली र अंग्रेजी) कृति प्रकाशित छन् । त्यसका अलावा शब्दकोशलगायत दर्जनभन्दा बढी कृतिको सम्पादन गरेका छन् । 
उप्रेती सन् १९९९ मा स्थापित चीन अध्ययन केन्द्रको संस्थापक कोषाध्यक्ष र हालसम्म सोही पदमा छन् । उनले ‘आजको तिब्बत’ पत्रिकासमेत सम्पादन गरेका थिए । उप्रेतीलाई चीनविज्ञका रुपमा लिइन्छ । उप्रेतीले आफ्नो दुई कार्यकालमा चिनिया“ एकेडेमी, भारतीय एकेडेमी, पाकिस्तान एकेडेमी, बंगलादेश एकेडेमीसित सहकार्य गरेको जनाए । ‘भारत, चीन, नेपाल, पाकिस्तान, श्रीलंका र बंगलादेश संस्थापक रहेर ‘साउन एसिया लिटरेचर फोरम’ गठन गरेका छौं,’ उनले भने, ‘त्यसको पहिलो सम्मेलन चीनमा भयो भने अब नेपालमा हुनेछ ।’
उप्रेतीले प्रतिष्ठानलाई प्राज्ञिक संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे ।  ‘म हिजो पार्टीकै मान्छे हो, तर प्रज्ञा प्रतिष्ठान सबैको पार्टी, प्राज्ञिक व्यक्ति, भाषाभाषीको साझा हो,’ उप्रेतीले कान्तिपुरसित भने, ‘प्रतिष्ठानलाई प्राज्ञिक संस्था बनाउने छु । संविधान, ऐनअनुसार समावेशी टिम बन्छ । सबै विचारधाराको प्रतिनिधित्व हुनेछ । त्यसनिम्ति सरकारले उन्नत विचार, राम्रो छवि भएका व्यक्तिलाई नेतृत्व चयन गर्नेछ भन्ने ठानेको छु ।’

No comments:

Post a Comment