Friday, October 5, 2018

सांसद रौनियारसहित १२ जनाविरुद्ध मुद्दा


  • गुणस्तरहीन पुल निर्माण गरेकामा पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष हरिनारायण र छोरा सुमितलाई २ वर्ष जेल सजाय र सवा १९ करोड बिगो मागदाबी
  • तत्कालीन सडक डिभिजन प्रमुखहरूसहित प्राविधिकहरूलाई तीन वर्ष कैद र बिगोबमोजिम जरिवाना माग
  • परामर्शदाता यादवविरुद्ध दुई वर्ष जेल सजाय र बिगोबराबर जरिवाना गर्न माग

काठमाडौं, १९ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनियमितता गरी गुणस्तरहीन पुल निर्माण गरेको आरोपमा विवादास्पद ठेकेदार एवं प्रतिनिधिसभा सांसद हरिनारायण रौनियारसहित १२ जनाविरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्राविधिक अधिकारीसितको मिलोमतोमा चरम लापर्बाही र अनियमितता गरी बबई पुल निर्माण गरेको आरोपमा अख्यितारले पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष एवं सांसद रौनियारसहित १२ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । 
पप्पु कन्स्ट्रक्सनले बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटस्थित बबईमा निर्माण गरेको पुल गुणस्तरहीन भएका कारण उदघाटन नहुदै भास्सिई भत्किएको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ (४) बमोजिम मुद्दा दायर भएस“गै रौनियार प्रतिनिधिसभा सांसद पदबाट स्वतः निलम्बित भएका छन् । दफा ८ (४) मा भ्रष्टाचार मुद्दा दायर भएपछि सार्वजनिक पद स्वतः निलम्बन हुने प्रावधान छ । उनी सत्तारूढ संघीय फोरमका पर्सा–३ बाट निर्वाचित सांसद हुन् ।
रौनियारको पप्पु कन्स्ट्रक्सनले राजनीतिक तथा आर्थिक प्रभाव र पहु“चका भरमा दर्जनौं सडक तथा पुल निर्माणको ठेक्का लिने, तर सरकारी निकायबाट अग्रिम भुक्तानी लिएपछि बीचैमा काम छाडेर अलपत्र पार्ने गरेको थियो । सार्वजनिक खरिद ऐनबमोजिम जरिवाना गरी कालो सूचीमा राखिनु पर्ने पप्पु कन्स्ट्रक्सनले राजनीतिक शक्तिको आडमा कारबाहीबाट उन्मुक्तिमात्र होइन एकपछि अर्को ठूलो ठेक्का पाउदै आएको थियो।

अनिमितता, भ्रष्टाचार तथा सार्वजनिक पदको दुरुपयोगको छानबिन गरी कारबाही अघि बढाउने संवैधानिक निकायले मुद्दा दायर गरेपछि शक्तिको आडमा रौनियारको कन्स्ट्रक्सनले ठेक्का पाउने र बीचैमा काम छाडने प्रवृत्तिमा अब अंकुश लाग्ने विश्वास अख्तियारका पदाधिकारीले व्यक्त गरेका छन् । 
अख्तियारले पुल निर्माण अनियमिततामा पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष रौनियारका अतिरिक्त वर्तमान अध्यक्ष सुमित रौनियार, परामर्शदाता कम्पनीका प्रोपाइटर र सडक डिभिजन कार्यालय नेपालगन्जका प्राविधिक अधिकारीहरूसमेत मुद्दा दायर गरेको छ । मुद्दा दायर गरिएकामा पप्पु कन्स्ट्रक्सनका रौनियार बाबुछोराका अतिरिक्त एभरेस्ट इन्जिनियरिङका कन्सल्ट्यान्टका प्रोपाइटर कृष्णदेव यादव, सडक डिभिजन कार्यालयका तत्कालीन प्रमुखहरू भानु जोशी, मनोज श्रेष्ठ, राजेशकुमार यादव, इन्जिनियरहरू नवराज केसी, प्रेमप्रसाद चुवाई, हरिबहादुर खडका, दिपेन्द्रबहादुर बिष्ट, सब–इन्जिनियरद्वय कार्मा तेन्जिङ लामा र गोविन्द गैरे छन् । 
पप्पु कन्स्ट्रक्सनका अध्यक्ष सुमित तत्कालीन अध्यक्ष हरिनारायणका छोरा हुन् । सडक डिभिजन कार्यालय, नेपालगन्जसित २०६८ असार २२ मा १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैया“मा पुल निर्माणको ठेक्का सम्झौता गर्दा पप्पु कन्स्ट्रक्सनका अध्यक्ष हरिनारायण नै थिए । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ (४) बमोजिम मुद्दा दायर भएस“गै रौनियारका साथै तत्कालीन सडक डिजिभजन प्रमुख, इन्जिनियर र सब–इन्जिनियरहरूसमेत पदबाट निलम्बित भएका छन् । निलम्बित हुनेमा ७ जना प्राविधिक कर्मचारी छन् ।
पुल निर्माणको प्रारम्भदेखि अन्तिम चरणसम्म प्राविधिकहरूबाट ‘लाइन लेभल’ तथा उचाइका सम्बन्धमा ठेकेदारबाट भएको गम्भीर लापर्बाही स्वीकार गरी गुपचुप रूपमा गुणस्तरहीन कार्य गरी÷गराई चरम अनियमितता गरेकाले निर्माण व्यवसायीदेखि सम्पूर्ण कर्मचारीविरुद्ध भ्रष्टाचार ऐनअनुसार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अभियोगपत्रमा अख्तियारले ठेकेदार, परामर्शदाता र प्राविधिकहरूसितको मिलेमतोमा अनियमितता गरी गुणस्तरहीन सामग्री प्रयोग गरेका कारण पुल निर्माण गर्दा नै खम्बा बांगो बनेको र उदघाटन नहु“दै बीचमा भास्सिई भत्किएको उल्लेख गरेको छ । अख्तियारले अनुसन्धानका क्रममा फिल्डको नापजा“च हचुवाका भरमा गरिएको, तोकिएको मापदण्डबमोजिमको नबनाइएको, ठेकेदारलाई ‘क्वालिटी एसुरेन्स प्लान’ पेस गर्न लगाई निर्माण सामग्रीको गुणस्तर नियन्त्रण प्रभावकारी नगरिएको तथा गुणस्तर प्रमाणित नभईकन नै रकम भुक्तानी गर्न सिफारिस गरिएको पाइएकोसमेत अख्तियारले उल्लेख गरेको छ । पुलको जगको गहिराइ डिजाइनबमोजिम निर्माण नगरिएको, जगसमेत खोक्रो भएका कारणले नै लोड धान्न नसकी पुल भास्सिएको तथ्य प्राविधिक परीक्षण तथा विश्लेषणबाट प्रमाणित भएको जानकारी अख्तियारका सहायक प्रवक्ता कोइरालाले जानकारी दिए ।
अभियोगपत्रमा पप्पु कन्ट्रक्सनका तत्कालीन अध्यक्ष हरिनारायणविरुद्ध  १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैया“ बिगो माग दाबी गरिएको जानकारीे अख्तियारका सहायक प्रवक्ता कोइरालाले दिए । उनका अनुसार पप्पु कन्ट्रक्सनका अध्यक्ष सुमित रौनियारविरुद्ध पनि १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैया“ नै बिगो माग दाबी गरिएको छ । अख्तियारले रौनियार बाबु छोरा दुवैविरुद्ध २ वर्ष जेल सजाय, बिगोबराबर जरिवाना र बिगो जफत गर्न अभियोगपत्रमा मागदाबी गरेको छ ।
पुल निर्माणका परामर्शदाता एभरेष्ट इन्जिनीयरिङ कन्सल्ट्यान्टका प्रोपाइटर कृष्णदेव यादवस“ग एक लाख ४१ हजार २ सय ५०, डिभिजन सडक कार्यालय नेपालगञ्जका तत्कालीन डिभिजन प्रमुखत्रय भानु जोशीविरुद्ध एक करोड ९६ लाख ८८ हजार ४३७, मनोज श्रेष्ठविरुद्ध ९ करोड २४ लाख २४ हजार ९९, राजेशकुमार यादवविरुद्ध ७४ लाख ५३ हजार २६९ बिगो मागदाबी गरेको छ । एभरेष्ट इन्जिनीयरिङ कन्सल्ट्यान्टका प्रोपाइटर कृष्णदेव यादवलाई बिगो बराबर जरिवाना र दुई वर्ष जेल सजाय तथा तत्कालीन प्रमुखत्रयलाई भ्रष्टाचार निवारण ऐनको दफा ८ (१) बमोजिम ३ वर्षसम्म कैद र बिगोबराबर जरिवाना गर्न मागदाबी गरिएको छ ।
 डिभिजन सडक कार्यालय नेपालगन्जका निमित्त डिभिजन प्रमुख इन्जिनियर नवराज केसीविरुद्ध ६ करोड ९२ लाख ४६ हजार ९२१, इन्जिनियर प्रेमप्रसाद चुवाईविरुद्ध ३ करोड १९ लाख ३८ हजार ५ सय ७९, इन्जिनियर हरिबहादुर खडास“ग ७ करोड ५४ लाख ४८ हजार ६१, १५ पैसा र इन्जिनियर दीपेन्द्रबहादुर विष्टस“ग एक करोड ६१ लाख ८३ हजार ४ सय ४५ रुपैया“ बिगो माग दाबी गरिएको छ । उनीहरूलाई भ्रष्टाचार निवारण ऐन को दफा ८ (१) बमोजिम तीन वर्ष कैद सजाय र बिगोबराबर जरिवाना गर्न अख्तियारले अभियोगपत्रमा मागदाबी गरेको छ । सब–इन्जिनीयरद्वय कार्मा तोन्जिन तामाङविरुद्ध १५ करोड आठ लाख ८४ हजार ७१३ र गोविन्द गैरेविरुद्ध एक करोड ९५ लाख ८८ हजार ४३७ बिगोबराबरको जरिवाना र तीन वर्ष कैद सजाय गर्न माग दाबी गरिएको छ । 





No comments:

Post a Comment