Tuesday, October 9, 2018

अख्तियारद्वारा चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २२ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीनवटा छुट्टाछुट्टै अनियमितताका घटनामा ४ जनाविरुद्ध सोमबार भ्रष्टाचार मुद्दा दायर गरेको छ । घुस रकमसहित पक्राउ परेका चार जनाविरुद्ध अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार जरिवाना र जेल सजाय माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
मुद्दा दायर गरिएकामा इलाका प्रहरी कार्यालय रामगोपालपुर, महोत्तरीका प्रहरी नायव निरीक्षक रामबाबुप्रसाद यादव, महानगरीय प्रहरी प्रभाग, का“डाघारीका प्रहरी सहायक निरीक्षक गोपालप्रसाद श्रेष्ठ, प्रहरी जवान मुकेशप्रसाद पटेल र नापी कार्यालय, हरिवन, सर्लाहीका अमिन किसुनदेव मण्डल छन् । मुद्दा दायर भएस“गै चारै जना निलम्बित भएका छन् ।
अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले सोमबार विज्ञप्ति जारी गरी चारै जनालाई घुस रकमलाई बिगो मानी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा १ बमोजिम जरिवाना र कैद सजाय गर्न अभियोगपत्रमा मागदाबी गरिएको जनाएका छन् ।


No comments:

Post a Comment