Thursday, October 4, 2018

कांग्रेस कार्यसमिति बैठक शुक्रबार

काठमाडौं, १७ असोज– कांग्रेस सभापति शेरबहादुर देउवाले शुक्रबार पार्टीको केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् । बैठकमा विधान संशोधन मस्यौदा र समसामयिक राजनीतिक विषयमा छलफल हुने केन्द्रीय कार्यालय, सानेपाले विज्ञप्तिमार्फत जनाएको छ ।
कांग्रेसले ७ वटै प्रदेशमा विधान संशोधन मस्यौदामाथि छलफल चलाएको थियो । प्रदेशहरूबाट आएका सुझावलाई विधान संशोधन मस्यौदामा समावेश गर्नेबारेमा समेत पार्टीले निर्णय लिने छ । कांग्रेसले विधान संशोधनको मस्यौदालाई अनुमोदन गरी मंसिरमा बोलाइएको महासमिति बैठकमा पेस गर्ने भएको छ । महासमिति बैठकको दुई तिहाइबाट पारित भएपछि संशोधित विधान कार्यान्वयनमा आउनेछ ।


No comments:

Post a Comment