Friday, October 26, 2018

बागमतीमा मोटरसाइकल दर्ता खुल्यो

अब मोटरसाइकल दर्ता प्रदेशअनुसार हुने
काठमाडौं, ८ कात्तिक– सरकारले अब मोटरसाइकल दर्ता प्रदेश अनुसार गर्ने भएको छ । मन्त्रिपरिषदले सवारी साधन दर्तासम्बन्धी निर्देशिका संशोधन गरी प्रदेशअनुसार दर्ता गर्ने व्यवस्था गरेको हो ।
संशोधित नियमावली एक÷दुई दिनमै राजत्रमा प्रकाशित हुने र त्यसपछि अञ्चलको सट्टा प्रदेशका आधारमा सवारी साधन दर्ता सुरु गर्न थालिने जानकारी यातायात व्यवस्था विभाग स्रोतले दिएको छ । 
सरकारले नियमावली संशोधन गरी बागमती अञ्चल यातायात कार्यालयमा रोकिएको दर्तासमेत खोलेको छ । यसअघि नियमावलीमा दुई डिजिट नम्बरको गाडीमात्र दर्ता गर्ने व्यवस्था रहेको र बागमतीमा मोटरसाइकलको ९९ लटसमेत सकिएपछि असोज १६ देखि नया“ दर्ता अवरुद्ध भएको थियो । बाग्मतीमा १० लाख मोटरसाइकल पुगेपछि नया“ दर्ता गर्न समस्या उत्पन्न भएको थियो । 
नियमावलीले अब तीन डिजिटमा समेत नया“ सवारी साधन दर्ता हुने व्यवस्था गरेको छ । अब बागमतीमा १०० लटका मोटरसाइकल दर्ता सुरु हुनेछ । यातायात विभागमातहतका अञ्चल कार्यालयहरूले सवारी साधन दर्ता गरे पनि अब प्रदेशअनुसारको नम्बर दिइने जानकारीसमेत विभाग स्रोतले दिएको छ ।

‘मुलुक संघीयतामा गइसकेकाले अब यातायात कार्यालयले संशोधित नियमावलीअनुसार प्रदेशको नाम अथवा कोड राखेर सवारी साधन दर्ता गर्न थालिनेछ’ विभाग स्रोतले भने । स्रोतका अनुसार अब अञ्चल लेखिएको ठाउ“मा प्रदेशको नाम अथवा कोड हुनेछ । त्यसपछि कार्यालयको कोड र त्यसपछि मोटसाइकलको लट र नम्बर हुनेछ ।  

No comments:

Post a Comment