Thursday, October 4, 2018

महाधिवेशनपछि पनि राजपामा अध्यक्ष मण्डल रहने

काठमाडौं, १७ असोज– मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) ले महाधिवेशनपछि पनि अध्यक्ष मण्डल कायमै राख्ने भएको छ । ६ वटा पार्टी एकीकृत भएर बनेको राजपामा ६ सदस्यीय शक्तिशाली अध्यक्ष मण्डल छ ।  राजपाले निर्वाचन आयोगमा बुझाएको परिमार्जित विधानमा महाधिवेशनपछि पनि अध्यक्ष मण्डल कायमै रहने व्यवस्था राखेको छ ।
राजपाले परिमार्जित विधानमा दुई वर्षभित्र महाधिवेशन गर्ने व्यवस्थासमेत राखेको छ । राजपाको अध्यक्ष मण्डल र राजनीतिक समितिले परिमार्जित विधान पारित गरेको हो । राजपाले आगामी २०७६ बैशाख ७, ८ र ९ मा महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । 

परिमार्जित विधानमा केन्द्रदेखि स्थानीय तहको वडासम्म पार्टीको संगठनात्मक ढा“चा ६ तहको रहने उल्लेख छ। राजपाको वडा, गाउ“पालिका, नगरपालिका, जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र कार्यसमिति रहने विधानमा उल्लेख छ ।

No comments:

Post a Comment