Wednesday, October 24, 2018

विश्वका १० उत्कृष्ट घुम्नलायक सहरमा काठमाडौं

काठमाडौं, ६ कात्तिक— संसारकै सबभन्दा विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट अमेरिकी कम्पनी ’लोन्ली प्लानेट’ ले सन् २०१९ का लागि सुझाएका घुम्नैपर्ने विश्वका उत्कृष्ट १० गन्तव्यको सूचीमा काठमाडौं पा“चौं स्थानमा परेको छ । 
लोन्ली प्लानेटले तयार पारेको विश्वका घुम्नलायक उत्कृष्ट १० सहरको सूचीमा काठमाडौं पाचौं नम्बरमा परेको हो । अमेरिकी ट्राभल गाइडबुक तथा ट्राभल वेबसाइट लोन्ली प्लानेटले हरेक वर्ष घुम्नलायक उत्कृष्ट गन्तव्यहरुको सूची प्रकाशन गर्ने गर्छ ।
१० उत्कृष्ट सहरको सूचीमा पहिलो नम्बरमा डेनमार्कको राजधानी कोपनहेगन, दोस्रोमा चीनको सेनचेन, तेस्रोमा सर्भियाको नोभिसाद, चौथोमा अमेरिकाको मियामी, पा“चौंमा काठमाडौं, छैटौंमा मेक्सिको सिटी, सातौंमा सेनेगलको डकार, आठौंमा अमेरिकाकै सियाटल, नवौंमा क्रोयसियाको जदर र दशौंमा मोरक्कोको मेकनेस सहर परेका छन् ।
ती सबै सहर घुमेका आफ्ना लेखक, ट्राभल विज्ञ र लाखौं पर्यटकबाट प्राप्त प्रतिक्रिया र सुझाव समेटेर सूची तयार पारेर सार्वजनिक गरिएको लोन्ली प्लानेटले अनलाइन संस्करणमा उल्लेख गरेको छ । 

२०७२ वैशाख १२ मा आएको भूकम्पले भत्किएका सम्पादाहरुको पुनर्निर्माणको जारी रहेको र कतिपय सम्पदाहरु पुरानै अवस्थामा फर्किसकेकोले काठमाडौं घुम्न लायक सहर भएको लोन्ली प्लानेटले उल्लेख गरेको छ । लोन्ली प्लानेटले अव्यस्थित सवारी व्यवस्थापनका लागि बदनाम भएको काठमाडौं शहर अहिले गाडीको हर्न निषेध गरिएकाले राम्रो बनेको र विद्युत आपूर्ति भरपर्दो भएको तथा वाइफाई कनेक्सन विस्तारले घुम्न सहज हुने उल्लेख गरेको छ ।
लोन्ली प्लानेटले यसअघि २०७३ चैतमा समेत ‘बेस्ट भ्यालु’ गन्तव्य सूचीको पहिलो नम्बरमा नेपाललाई राखेको थियो । ‘भूकम्पले ऐतिहासिक मठमन्दिर, प्रख्यात पदयात्रा मार्गलगायत ध्वस्त भए पनि नेपालले ती सम्पदा र पूर्वाधार मर्मत गर्ने क्षमता प्रदर्शन गरिरहेको छ’ लोन्ली प्लानेटले त्यतिबेला उल्लेख गरेको थियो– ‘अहिले नेपाललाई आम्दानीको खा“चो छ । त्यस कारण नेपालको स्थानीय संस्कृति, जनतालाई सहयोग गर्न नेपाल भ्रमण गर्नैपर्छ जसबाट नेपाल पुनर्निर्माण हुनेछ र अझ बलियो भएर आउने छ ।’

No comments:

Post a Comment