Friday, October 5, 2018

घुस लिएको अभियोगमा चार प्रहरीविरुद्ध मुद्दा दायर

काठमाडौं, १८ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा बिहीबार नेपाल प्रहरीको महानगरीय प्रभाग सानोठिमी भक्तपुरका प्रहरी नायब निरीक्षक ज्योति विष्टसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 
विष्टको नेतृत्वमा प्रहरी प्रभागका प्रहरी सहायक निरीक्षक सुवास ढुंगाना र प्रहरी हवल्दार दीपक भारतीले बालुवा व्यवसायीलाई सहज रूपमा निकासी गर्न दिने शर्तमा ४५ हजार रुपैया“ घुस लिएको अभियोगमा उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्यितारले तीन जनाविरुद्ध ४५ हजारको बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर गरेको हो । अख्तियारले बालुवा व्यापारीसित घुस लिएकै अभियोगमा महानगरीय प्रभाग का“डाघारीका प्रहरी हवल्दार अमन चौधरीविरुद्ध समेत विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । 


No comments:

Post a Comment