Monday, October 22, 2018

एसपी बिष्ट र इन्स्पेक्टर बिष्टलाई बर्खास्त गर्ने प्रक्रिया सुरु

काठमाडौं, ४ कात्तिक– गृह मन्त्रालयले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या घटना छानबिनमा गम्भीर लापरबाहीको आरोप लागेका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टको बर्खास्तको प्रक्रिया अघि बढाएको छ । प्रहरी प्रधान कार्यालयको सिफारिस र छानबिन समितिको सुझावका आधारमा गृहले आइतबार दुवैलाई २४ घन्टे स्पष्टीकरण सोधेको स्रोतले जनायो । गृहसचिव प्रेम राईले सोधेको स्पष्टीकरणपत्रमा निर्मला प्रकरण छानबिनमा गम्भीर लापरबाही र हेलचेक्र्याइ“ गरेकामा सेवाबाट किन बर्खास्त नगर्ने भन्ने उल्लेख छ । 
यसअघि प्रहरी प्रधान कार्यालयले दुवैलाई बर्खास्त गर्न गृह मन्त्रालयमा सिफारिस गरेको थियो । गृहका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित छानबिन समितिले निर्मला हत्या प्रकरण अनुसन्धानमा प्रहरीले गम्भीर लापरबाही र हेलचेक्र्याइ“ गरेको निष्कर्ष निकाल्दै विष्टसहितका अधिकारीलाई हदैसम्म विभागीय कारबाही गर्न सिफारिस गरेको थियो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले मैनाली समितिको सुझावबमोजिम विष्ट र भट्टलाई सेवाबाट निष्कासन गर्न सिफारिस गरी गृह मन्त्रालयमा पत्र पठाएको प्रधान कार्यालयले जनायो । 

समितिको प्रारम्भिक प्रतिवेदनका आधारमा विष्ट, भट्टलगायतलाई निलम्बन गरी छानबिन अघि बढाइएको थियो । समितिले उनीहरूमाथि कञ्चनपुरमा पदीय जिम्मेवारीमा हु“दा बलात्कार तथा हत्या घटनास“ग सम्बन्धित प्रमाण नष्ट गर्ने कार्यमा संलग्न रहेको निष्कर्ष गृह मन्त्रालयलाई दिएको थियो । विष्ट र भट्टले घटनास्थलको सुरक्षा नगरेको एवं प्रमाण नष्ट गरेको समितिको निष्कर्ष छ ।
प्रहरी ऐनअनुसार इन्स्पेक्टरदेखि एसपीसम्मलाई बर्खास्त गर्ने अधिकार महानिरीक्षकको सिफारिसमा गृहसचिवलाई छ । इन्स्पेक्टरभन्दा तलका प्रहरीलाई महानिरीक्षक आफैंले, डीआईजीसम्मलाई गृह मन्त्रालयले र त्यसभन्दा माथिल्ला अधिकारीलाई मन्त्रिपरिषदले बर्खास्त गर्न सक्ने कानुनी व्यवस्था छ । गृहसचिव राईले बर्खास्त गर्नुअघि दुवै जनासित दुईपटक स्पष्टीकरण सोध्ने सम्भावना रहेको स्रोतले जनायो ।  
गत साउन १० मा साथीको घरमा गृहकार्य सकेर घर फर्कंदै गरेकी १३ वर्षीया पन्तको बलात्कारपछि हत्या गरिएको अवस्थामा साउन ११ मा उखुबारीमा शव भेटिएको थियो । साढे दुई महिनाभन्दा बढी अवधिमा आधा दर्जनभन्दा बढी प्रहरी टोली परिचालन गरी घटना छानबिन गरे पनि दोषी पत्ता लाग्न सकेको छैन ।



No comments:

Post a Comment