Saturday, October 27, 2018

साझाले थप २० बस ल्याउँदै

काठमाडौं, ९ कात्तिक– साझा यातायातले राजधानी उपत्यकामा थप यात्रुलाई सुविधा पु¥याउन २० वटा नया“ बस भित्र्याउने भएको छ । उपत्यकामा विभिन्न सडकमा साझाका बसको माग भएकाले नया“ ल्याउन लागिएको हो । 
साझाले काठमाडौं महानगरको ५ करोड र ललितपुर महानगरको एक करोड रुपैया“ लगानीमा दुई महिनाभित्रै नया“ बस ल्याउन लागेको हो । नया“ बस आधुनिक र सुविधा सम्पन्न हुनेछन् । 
यसपटक पनि साझाले भारतीय कम्पनी अशोक लेल्यान्डकै बस ल्याउनेछ । कुन रुटमा चलाउने भन्ने निर्णय नया“ बस आएपछि यातायात व्यवस्था विभागमा दर्ता भएपछि निर्धारण गरिने साझाले जनाएको छ ।
हाल उपत्यकाका १० वटा सडकमा साझाका ४७ बस चलिरहेका छन् । लामो दूरीमा साझाले काठमाडौंबाट बाग्लुङ र कुस्मासम्म बस चलाइरहेको छ । साझाले केही समयदेखि उपत्यकामा अपांगमैत्री बससमेत सञ्चालन गर्दै आएको छ भने ४ वटा विद्युतीय बससमेत भित्र्याइसकेको छ ।


No comments:

Post a Comment