Monday, October 8, 2018

उखु कृषकलाई राहत दिन कार्यदल

काठमाडौं, २१ असोज– सरकारले उखु उत्पादक कृषकहरूलाई राहत दिन राष्ट्रिय योजना आयोगका सदस्य दिलबहादुर गुरुङको संयोजकत्वमा कार्यदल गठन गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले उखु उत्पादक कृषक, चिनी उद्योग र उपभोक्ता संरक्षणलाई ध्यानमा राखी सात सदस्यीय कार्यदल गठन गरेको हो । 
राष्ट्रिय योजना आयोगका कृषि क्षेत्र हेर्ने सदस्य गुरुङको संयोजकत्वमा गठित कार्यदलमा उखु उत्पादक संघ, चिनी उत्पादक संघ, उपभोक्ता हित संरक्षणसम्बन्धी संस्था तथा उद्योग, अर्थ र कृषि मन्त्रालयका सहसचिव सदस्य छन् । कृषकलाई लामो समयदेखि वक्यौता रहेको उखुको मूल्य उपलब्ध गराई उपभोक्तालाई समेत राहत उपलब्ध गराउन कार्यदल गठन गरिएको जानकारी प्रधानमन्त्री कार्यालयले दिएको छ ।


No comments:

Post a Comment