Monday, October 8, 2018

भण्डारी गोरखापत्रको कार्यकारी अध्यक्ष नियुक्त

काठमाडौं, २१ असोज– सरकारले गोरखापत्र संस्थानको कार्यकारी अध्यक्षमा कृष्णमुरारी भण्डारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले ‘मोही माग्ने ढुंग्रो लुकाउने’ स्तम्भका लेखक भण्डारीलाई चार वर्षका लागि कार्यकारी अध्यक्ष नियुक्त गरेको हो ।
मन्त्रिपरिषद बैठकले संस्थानका अध्यक्ष गोविन्द पोखरेलले दिएको राजिनामा स्वीकृत गरी नया“ नियुक्त गरेको हो । मन्त्रिपरिषदले संस्थानका महाप्रवन्धक वसन्तप्रकाश उपाध्यायलाई निष्काशन गर्ने निर्णय गरी तीनदिने स्पष्टिकरण सोधेको छ । 
मन्त्रिपरिषदले ५ महिनाअगाडि तत्कालीन देउवाका सरकारका पालामा नियुक्त उपाध्यायसहित सबैलाई निष्काशन गर्ने एकमुष्ठ निर्णय गरेको थियो । सर्वोच्च अदालतले निष्काशनको निर्णय गैरकानुनी भएको ठहर गर्दै उपाध्यायसहितलाई पुनर्बहाली गरेको थियो । कार्यकारी अध्यक्ष नियुक्त गरेपछि महाप्रबन्धन्क उपाध्यायलाई कानुनी प्रक्रिया पु¥याएर हटाउन स्पष्टीकरण सोधिएको जानकारी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दिएको छ । 


No comments:

Post a Comment