Wednesday, October 10, 2018

विचाराधीन मुद्दामा समाचार लेखेकामा प्रधानन्यायाधीशको आपत्ति

काठमाडौं, २३ असोज– प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले न्यायालयमा विचाराधीन मुद्दामा समाचार प्रकाशन तथा प्रसारण गरिरहेकामा सञ्चार माध्यमप्रति आपत्ति जनाएका छन् ।
संवैधानिक तथा कानुन पत्रकार मञ्चद्वारा मंगलबार बडादशैं, तिहार तथा छठका अवसरमा आयोजित चियापानमा बोल्दै विचाराधीन मुद्दामा सञ्चार माध्यमले समाचार लेख्नाले न्याय सम्पादन र न्यायालयको निष्पक्षतामाथि नकारात्मक असर पर्ने गरेको दाबी गरे ।
‘आगामी दिनमा अदालतमा विचाराधीन मुद्दामा समाचार नलेख्न आग्रह गर्छु’ उनले भने । आमजनतालाई न्यायको अनुभूति दिलाउन न्यायालयले काम गरिरहेको उल्लेख गर्दै उनले आफूले प्रेसलाई सम्मान गर्ने र न्यायालय सञ्चारकर्मीका लागि सधैं खुला रहने बताए । 

उनले न्यायालयभित्र सुधार गरेर अगाडि बढ्न आफूले काम गरिरहेको उल्लेख गर्दै त्यसमा सहयोग गर्न कानुन व्यवसायी र सञ्चार माध्यमलाई आग्रह गरे । मञ्चका अध्यक्ष लीलाधर उपाध्यायले आमजनताले न्यायालयमा न्यायको अनुभूति गर्ने गरी न्याय सम्पादन हुनुपर्नेमा जोड दिए ।

No comments:

Post a Comment