Friday, October 26, 2018

नेकपाको चियापानमा ५० हजारलाई निम्तो

काठमाडौं, ७ कात्तिक– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीको (नेकपा) ले आगामी शनिबार हुने पार्टीको चियापान कार्यक्रममा करीब ५० हजार जना सहभागी हुने जनाएको छ । एमाले र माओवादी केन्द्रको पार्टी एकतापछि पहिलोपटक दसैंं, तिहार नेपाल संवत र छठका अवसरमा संंघीय राजधानीको भृकुटीमण्डपस्थित बगैंचामा आयोजना गर्न लागिएकोे चियापान कार्यक्रम तथा शुभकामना आदानप्रदान कार्यक्रममा ५० हजारलाई निम्ता दिइसकिएको नेकपाले जनाएको छ ।
नेकपाले चियापान कार्यक्रमको तयारी पूरा भइसकेकोसमेत जनाएको छ । चियापान कार्यक्रम शनिबार दिउ“सो १२ बजेदेखि अपराह्न ५ बजेसम्म चल्ने छ ।  पार्टीका अनुसार दिउ“सो १२ देखि ३ बजेसम्म पार्टीका कार्यकर्ता र सर्वसाधारण तथा अपराह्न ३ बजेदेखि ५ बजेसम्म विशिष्ट अतिथिका लागि समय छुट्ट्याइएको छ । 

अपराह्न ३ बजेदेखि नेपालस्थित विदेशी कूटनीतिज्ञ, विभिन्न राजनीतिक दलका नेता, संवैधानिक अंगका पदाधिकारी सहभागी हुने छन् । चियापान कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि ३ सय स्वयंसेवक परिचालन गरिनेसमेत पार्टीले जनाएको छ ।

No comments:

Post a Comment