Monday, October 15, 2018

विजयादशमीमा सेनाले ८ रुटमा बस सेवा चलाउने

काठमाडौं, २८ असोज– नेपाली सेनाले राजधानी उपत्यकामा सर्वसाधारणका लागि दशैंको टीकाका दिन निःशुल्क बस सञ्चालन गर्ने भएको छ । विजयादशमीका दिन राजधानीमा यातायातका साधन कम चल्ने भएकाले सर्वसाधारणलाई सहज रूपमा आउजाउका लागि सुविधा दिन
उपत्यकाका आठवटा रुटमा बिहान ७ देखि अपराह्न ३ बजेसम्म ३० सिटे ८ वटा बस सञ्चालन गरिने जंगी अडडाले जनाएको छ । सेनाले भद्रकाली, माइतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, कीर्तिपुर, कलंकी, कालिमाटी, त्रिपुरेश्वर, रत्नपार्क,  भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानिलकण्ठ, बालाजु चोक, सोह्रखुट्टे, कान्तिपथ, माइतीघर, भद्रकाली, माईतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलङ्की, थानकोट, स्वयम्भु, छाउनी (अस्पताल), ताहाचल, टेकु, थापाथली र भद्रकाली, माइतीघर, बानेश्वर, तिनकुने, गौशाला, चाबहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट, कान्तिपथ, भद्रकालीमा चारवटा बस चलाउनेछ ।
यसैगरी सेनाले थप चार रुट भद्रकाली, थापाथली, कुपण्डोल, जावलाखेल, सातदोबाटो, चापागाउ“, सातदोबाटो, तिनकुने, बानेश्वर, सहिदगेट, भद्रकाली, दरबारमार्ग, कमलपोखरी, गौशाला, चाबहिल, बौद्ध, सा“खु, चाबहिल, गौशाला, तिनकुने, भद्रकाली, भद्रकाली, माईतीघर, नया“ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, सिनामंगल, कोटेश्वर, सूर्यविनायक, ठिमी, कोटेश्वर, माइतीघर र भद्रकाली, माईतीघर, कोटेश्वर, सातदोबाटो, कलङ्की, बालाजु, चाबहिल, गौशाला, तिनकुनेमा बस सेवा सञ्चालन गर्नेछ ।

सैनिक जनसम्पर्क निर्देशनालयले दशैंको अवसरमा घर जाने तथा फर्कने सैनिक र तिनका परिवारका लागि सेनाले असोज २५ देखि ३१ सम्म काठमाडौंबाट दोलखा, इटहरी, धनगढी, लमजुङ, रामेछाप, पोखरा, बुटवल, गोरखा, धादिङ र त्रिशुली, चौतारा, हेटौडा, नारायणगढ र सिराहा–राजविराज जाने तथा उपत्यकाभित्र आउने गरी निःशुल्क बस सेवा सञ्चालन भएको छ । ती बस सम्बन्धित स्थानबाट प्रत्येक दिन बिहान साढे ६ बजे छुट्ने र प्रति सैनिक व्यक्ति (परिवारसहित) बढीमा ५ जनाले उक्त सुविधा लिन पाउने व्यवस्था मिलाइएको सेनाले जनाएको छ ।

No comments:

Post a Comment