Thursday, October 11, 2018

घुससहित तीन सरकारी अधिकारी पक्राउ

काठमाडौं, २४ असोज– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपसचिवसहित तीन सरकारी कर्मचारीलाई बुधबार घुस रकमसहित पक्राउ गरेको छ ।  अख्तियारले उच्च सरकारी वकिल कार्यालय पोखराका सहन्यायाधिवक्ता (उपसचिव) सुरेन्द्रबहादुर थापालाई ५ लाख रुपैया“ घुससहित पक्राउ गरेको हो ।
सेवाग्राहीलाई ठगी मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिने प्रलोभनमा पारी थापाले घुस रकम लिइरहेको अवस्थामा आयोगको टोलीले कार्यकक्षबाटै पक्राउ गरेको अख्तियारले जनाएको छ ।
अख्तियारका प्रवक्ता सहसचिव रामेश्वर दंगालद्वारा बुधबार जारी विज्ञप्तिका अनुसार आयोगको टोलीले बुधबार नै मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत खेमनारायण पौडेल र खरिदार सञ्जय शर्मालाई ५० हजार रुपैया“ घुस रकमसहित पक्राउ गरेको छ । विज्ञप्तिका अनुसार धितो बन्धक राख्ने क्रममा पौडेल र शर्माले सेवाग्राहीसित घुस लिएका थिए ।


No comments:

Post a Comment