Sunday, October 7, 2018

रौनियार स्वतः निलम्बित : सभामुख

काठमाडौं, २० असोज– सभामुख कृष्णबहादुर महराले संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट भ्रष्टाचार मुद्दा दायर गरिएका प्रतिनिधिसभा सांसद हरिनारायण रौनियार स्वतः निलम्बनमा परेको बताएका छन् । संसदीय मामिला पत्रकार समाजद्वारा शनिबार संघीय राजधानीमा आयोजित कार्यक्रममा सभामुख महराले भने– ‘उहा“ भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार स्वतः निलम्बित भइसक्नुभयो ।’
महराका अनुसार अख्तियारले सांसद रौनियारविरुद्ध उनको पप्पु कन्स्ट्रक्सनले बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई पुल निर्माण अनियमितता गरेकामा विशेष अदालतमा मुद्दा दायर गरिएको लिखित जानकारी शुक्रबार नै संसद सचिवालयलाई दिइसकेको छ । ‘उहा“लाई मुद्दा दायर भएको पत्र संसद सचिवालयमा आइसकेको छ’ उनले भने । स्रोतका अनुसार सभामुख महराले एक÷दुई दिनभित्रै सूचना प्रकाशित गरी रौनियार भ्रष्टाचार निवारण ऐनअनुसार स्वतः पदबाट निलम्बित भएको जानकारी संसद सचिवालय र प्रतिनिधिसभाका सदस्यहरूलाई दिने छन् ।

अख्तियारले प्राविधिक कर्मचारीसितको मिलेमतोमा अनियमितता गरी गुणस्तरहीन पुल निर्माण गरेको अभियोगमा पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष एवं सांसद रौनियारसहित १२ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । पप्पु कन्स्ट्रक्सनले जब्दीघाटस्थित बबईमा निर्माण गरेको पुल गुणस्तरहीन भएका कारण उदघाटन नहु“दै भास्सिएर भत्किएको थियो ।

No comments:

Post a Comment