Saturday, October 27, 2018

सेनामा १ सय ८० जनालाई ‘कोर्ट मार्सल’

सेनाको भर्नामा भ्रष्टाचार प्रकरण
काठमाडौं, ९ कात्तिक– नेपाल सेनामा अधिकृतदेखि जवान भर्ना छनौट प्रक्रियामा व्यापक आर्थिक अनियमितता र धा“धली भएको पाइएको छ । सैनिक मुख्यालय जंगी अडडाले आन्तरिक छानबिनका क्रममा २०७४ सालमा व्यापक आर्थिक अनियमितताका आधारमा सेकेन्ड लेफिटनेन्टदेखि मुनिका प्राविधिक तथा इन्फेन्ट्री सेवाका विभिन्न तहमा भर्ना छनौट भएको पुष्टि भएपछि उक्त प्रकरण टुुंग्याउने जिम्मा सैनिक अदालतलाई दिएको छ ।
स्रोतका अनुसार भर्ना छनौटका जिम्मेवारी सैनिक अधिकारीदेखि तल्लो तहसम्मले ठूलो रकम लिएर लिखित, मौखिक तथा शारीरिक तन्दुरुस्ती छनौट परिक्षा उत्तीर्ण गराएको निष्कर्ष जंगी अडडाको अन्तरिक छानबिनको छ । सैनिक अदालतले समेत सेनाको आन्तरिक छानबिनको निष्कर्षमा सत्यता रहेको र अनियमितता भएको पुष्टि भएपछि उच्च सैनिक अधिकारीदेखि तल्लो तहमाथि थप अनुसन्धान सुरु गरेको छ । सैनिक अदालतले अधिकृतदेखि तल्लो तहका १ सय ८० जनालाई निलम्बन गरी नियन्त्रणमा लिएर छानबिन सुरु गरेको छ ।
‘२०७४ सालको सेकेन्ड लेफ्टिनेन्टदेखि सिपाहीसम्मको छनौट प्रक्रियामा अनियमितता भएको पाइएपछि सैनिक अदालतले १ सय ८० जनामाथि छानबिन सुरु गरेको छ’ सैनिक प्रवक्ता गोकुल भण्डारीले भने । सैनिक अदालतले थप अनुसन्धान गरी सकेसम्म छिटो भर्नामा भएको भ्रष्टाचारमा अन्तिम निर्णय सुनाउने जानकारी भण्डारीले दिए । सैनिक अदालतले भ्रष्टाचार गरेको प्रमाणित गरेपछि दोषी करार हुने सबै सैनिक अधिकृतदेखि तल्लो तहसम्मलाई सरकारी सेवामा भविष्यमा समेत अयोग्य हुने गरी बर्खास्त गर्ने र जेल सजाय तोक्ने जानकारी स्रोतले दिएका छन् ।
निलम्बनमा परी सैनिक अदालतको कारबाही प्रक्रियामा रहेकामा लेफ्टिनेन्ट कर्णेलदेखि तल्लो तहका छन् । सेनामा अनियमितताको प्रकरणमा पहिलोपटक यति ठूलो संख्याका अधिकृतदेखि पदिकमाथि छानबिन भएको हो । स्रोतका अनुसार प्रधान सेनापति पूर्णचन्द्र थापाले नेतृत्व सम्हालेलगत्तै सेनाभित्रको भ्रष्टाचार रहेको उल्लेख गर्दै आफू त्यसविरुद्ध कडा रूपमा प्रस्तुत हुने सार्वजनिक घोषणा गरेका थिए । प्रधान सेनापतिको उदघोषस“गै सेनाको भर्ना प्रक्रियामा अघिल्लो वर्ष भएको अनियमिततामा छानबिन सुरु गरी दोषीलाई कारबाही गर्न सैनिक अदालतलाई जिम्मा लगाइएको हो ।

No comments:

Post a Comment