Monday, October 29, 2018

पत्रकार दुव्र्यवहारको महासंघद्वारा विरोध

काठमाडौं, ११ कात्तिक– नेपाल पत्रकार महासंघले यातायात व्यवस्था विभागका निर्देशक चन्द्र शाहले समाचार संकलनका क्रममा सगरमाथा टेलिभिजनका संवाददाता शिखा श्रेष्ठ र क्यामेरापर्सन अजय हाकुजुलाई दुव्र्यवहार गर्दै धम्की दिएको घटनाको विरोध गरेको छ ।
महासंघले आइतबार विज्ञप्ति जारी गरी कात्तिक ६ मा समाचार संकलनका लागि एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय पुगेका सञ्चारकर्मीद्वय श्रेष्ठ र हाकुजुलाई भदौ १ देखि लागू भएको मुलुकी संहिताको हवाला दिंदै सार्वजनिक सेवाको क्षेत्र र त्यहा“बाट दिइने सेवाका विषयमा जानकारी पाउन पूर्वअनुमति लिनुपर्ने भन्दै निर्देशक शाहले दुव्र्यवहार गर्दै उनीहरूलाई धम्क्याएका थिए ।

महासंघले सार्वजनिक सेवाका क्षेत्रमा आमनागरिक र सेवाग्राहीको सहज पहु“च हुनुपर्नेमा विभागका जिम्मेवार पदमा बसेका अधिकारीबाटै पत्रकारलाई धम्की दिंदै समाचार संकलनमा समेत अवरोध खडा गरिएको घटनाले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुनुका साथै पदीय मर्यादाविपरीतको कार्य भएको टिप्पणी गरेको छ । महासंघले प्रेसलाई हतोत्साही र कमजोर बनाउन खोज्ने यस्ता कार्यको कडा भत्र्सना गरेको छ । 

No comments:

Post a Comment