Tuesday, October 9, 2018

तस्करी नियन्त्रण गर्न सशस्त्र प्रहरीलाई निर्देशन

काठमाडौं, २२ असोज– गृहमन्त्री रामबहादुर थापाले सीमा क्षेत्रमा हुने तस्करी र अपराधका घटना नियन्त्रण गर्न सशस्त्र प्रहरी बललाई थप सक्रिय भएर काम गर्न निर्देशन दिएका छन् । थापाले सोमबार सशस्त्र प्रहरी बलका महानिरीक्षक, अतिरिक्त प्रहरी महानिरीक्षक र सातै प्रदेशका नायब महानिरीक्षकलाई आफ्नो कार्यकक्षमा बोलाएर चाडपर्व नजिकिएस“गै तस्करी बढन थालेको उल्लेख गर्दै त्यस्तो निर्देशन दिएका ह्न ।
उनले सीमा तस्करी र अपराधका घटनाको नियन्त्रणमा तीन महीनाभित्र परिणाम देखिने गरी कार्य गर्न निर्देशन दिएको जानकारी गृह मन्त्रालयका अधिकारीले दिएका छन् । ती अधिकारीका अनुसार उनले चाडपर्व नजिकिएस“गै सीमाबाट हुने तस्करी बढ्ने भएकाले त्यसमा विशेष ध्यान दिन सशस्त्र प्रहरी बलको नेतृत्वलाई आग्रह गरे । 

गृह मन्त्रालयले मदिरा नियन्त्रण र लागू औषध निषेध अभियान सुरु गरेको उल्लेख गर्दै गृहमन्त्रीले उक्त अभियानमा विशेष भूमिका निर्वाह गर्नसमेत सशस्त्र प्रहरी बललाई आग्रह गरे । उनले सशस्त्र प्रहरी बललाई मुलुकमा अस्थिरता निम्त्याउन खोज्ने ‘तत्व’ माथि समेत निगरानी बढाउन  आग्रह गरे । 

No comments:

Post a Comment