Friday, October 5, 2018

प्राकृतिक सम्पदा भावी पुस्तालाई समेत जोगाऊँ : आचार्य

काठमाडौं, १८ असोज– पूर्ववनमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य महेश आचार्यले प्रधानमन्त्री केपी ओलीलाई मुलुकको वातावरण संरक्षण र दिगो विकाससम्बन्धी विषयमा विज्ञ तथा प्रतिस्पर्धी दलस“ग परामर्श गरेरमात्र निर्णय गर्न आग्रह गरेका छन् । राष्ट्रसंघीय महासभा र दक्षिण अमेरिकी राष्ट्र कोस्टारिकाको भ्रमण सकेर स्वदेश फर्केका ओलीलाई बिहीबार नै पत्र लेखेर आचार्यले मुलुकको प्राकृतिक सम्पदालाई मनपरी भोगको वस्तु बन्नबाट रोक्न आग्रह गरेका हुन् ।
पत्रमा उनले प्रधानमन्त्री ओली कोस्टारिकाको वातावरणमैत्री विकास देखेर फर्किएको उल्लेख गर्दै मुलुकको प्राकृतिक सम्पदा भावी पुस्ताका लागिसमेत जोगाउनका लागि संवेदनशील हुन आग्रह गरेका छन् । सुदूर पश्चिम प्रदेशको राजधानी वन क्षेत्रमा बनाउन लागिएको र निजगढ विमानस्थल निर्माण सुरु नगर्दै हजारौं हेक्टर वन क्षेत्र मास्न लागिएको सन्दर्भमा आचार्यले प्रधानमन्त्रीलाई पत्र लेखेर प्राकृतिक सम्पदा भावी पुस्तका लागिसमेत जोगाउन आग्रह गरेका हुन् ।

‘देशको प्राकृतिक सम्पदा के हाम्रो पुस्ताको मनपरी र एकलौटी भोगको वस्तु हो वा हाम्रा छोराछोरी र नाति पुस्ताको समेत अधिकार भएको सम्पदा हो ?’ उनले पत्रमा लेखेका छन् ‘के हामीलाई अहिले विकास गर्ने नाममा आफ्नै सन्ततिलाई मरुभूमिकरण, पानीको हाहाकार, व्यापक बसाइसराइ“को पिडा र डरलाग्दा विपत्ति हस्तान्तरण गर्ने अधिकार छ ?’
उनले ओलीलाई आफ्नो कोस्टारिका भ्रमणबाट आर्जन गरेको अनुभव र ज्ञान वातावरणमैत्री विकास बहसमा लगाउन र वन क्षेत्रमा विकासका पूर्वाधार निर्माण गर्नुअगाडि सम्बन्धित विषयका विज्ञ र प्रतिपक्षी दलहरूसंग परामर्श गर्नसमेत आग्रह गरेका छन् । ‘यस्ता एजेन्डामा विवेकपूर्ण हस्तक्षेप गर्न अनुरोध गर्छु । तपाईंको भ्रमण अनुभव विपक्षी दल र आफ्नै दलका नेताहरूलाई भ्रमणको औचित्य पुष्टि गर्न ओठे जवाफमा सीमित नबनोस्’ उनले पत्रमा लेखेका छन् ।

No comments:

Post a Comment