Saturday, October 27, 2018

२७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, ९ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विचौलियाहरूसितको मिलेमतोमा बिना भिसा एवं नक्कली श्रम स्वीकृतिलगायतका गलत कागजातका आधारमा गैरकानुनी ढंगले १ सय ८४ नेपाली महिलालाई घरेलु कामदारका रूपमा विदेश पठाएको आरोपमा वैदेशिक रोजगार विभाग र मातहत कार्यालयका ६ शाखा अधिकृतसहित २७ जनाविरुद्ध मुद्दा दायर गरेको छ । 
अख्तियारले व्यक्तिगत स्वार्थ र अनुचित लाभका लागि बदनियतसाथ महिलाहरूलाई असुरक्षाको जोखिममा पु¥याई शारीरिक तथा मानसिक यातनालगायत आर्थिक नोक्सानी पुग्ने गरी राज्यको आधिकारिक निकायमा समेत गलत लगत खडा विदेश पठाएकाले उनीहरूविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
मुद्दा दायर गरिएकामा  वैदेशिक रोजगार विभाग काठमाडौं कार्यालय ताहाचलका शाखा अधिकृतहरू हरिप्रसाद देवकोटा, दीपककुमार आचार्य, गणेश विक्रम शाह, दिनेशकुमार राई, पवित्रा श्रेष्ठ, रामप्रसाद ओली, नायव सुव्बाहरू अमरराज जोशी, विष्णुहरि निरौला, दिलबहादुर खत्री, हेमराज पाण्डे, कर्णबहादुर नेपाली, केदार घिमिरे, मदन गिरी, खगेन्द्र पोखरेल, लक्ष्मीदेवी भुषाल, नगेन्द्रप्रसाद गौतम, रविन्द्र घिमिरे, रघुनाथ केसी, योगेन्द्र खत्री, केशवराज ढुंगाना र कम्प्युटर अपरेटरहरू अमर महरा, चक्रबहादुर पराजुली, डम्बरबहादुर विश्वकर्मा, धनवीरसिंह भाट र राजकुमार शाही छन् । 

मुद्दा दायर भएस“गै ६ शाखा अधिकृत, १४ नायव सुब्बा र ५ कम्प्युटर अपरेटर स्वतः निलम्बित भएका छन् । कर्मचारीस“गको मिलेमतोमा गलत कागजात संलग्न गरी श्रम स्वीकृति लिने÷दिलाउने कार्यमा मतियारका रूपमा कार्यरत राजिवकुमार पञ्जियार र विकास थापाविरुद्ध समेत मुद्दा दायर गरिएको छ । अख्तियारले भ्रष्टाचार निवारण ऐनअनुसार जेल सजाय र जरिवाना गर्न अभियोगपत्रमा मागदाबी गरेको छ ।

No comments:

Post a Comment