Friday, October 12, 2018

कम पारिश्रमिक वृद्धि गरेकामा महासंघको आपत्ति

काठमाडौं, २५ असोज– नेपाल पत्रकार महासंघले सञ्चारकर्मीहरूको बेसिक तलब ‘न्यूनतम पारिश्रमिक निर्धारण समिति’ को सिफारिसभन्दा कम वृद्धि गरिएकामा सरकारको विरोध गरेको छ । समितिले श्रमजीवी पत्रकारहरूको ५० प्रतिशत पारिश्रमिक वृद्धि गर्न गरेको सिफारिसलाई लत्याई सरकारले २५ प्रतिशतमात्र बढाएकामा महासंघले आपत्ति जनाएको हो ।
‘महासंघ, श्रमजीवी पत्रकार, मिडिया सञ्चालक र सरकारी पक्षसमेत रहेको न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक २९ हजार ५ सय बनाउन गरेको सिफारिसलाई लत्याउ“दै २४ हजार ५ सय रुपैया“मात्र बनाउने सरकारको निर्णयप्रति महासंघ दुःख प्रकट गर्छ’ महासंघका तर्फबाट महासचिव रमेश बिष्टद्वारा बिहीबार जारी विज्ञप्तिमा छ । 
महासंघले समितिको सिफारिसअनुसार न्यूनतम पारिश्रमिक पुनरावलोकन गरी २९ हजार ५ सय रुपैया“ नै कायम गर्न सरकारसित माग गरेको छ । 

केही सञ्चार माध्यमले श्रमजीवी पत्रकारहरूलाई समयमा पारिश्रमिक उपलब्ध नगराएकामा समेत महासंघले आपत्ति प्रकट गरेको छ । ‘विजयादशमी अगावै श्रमजीवी पत्रकारको बा“की पारिश्रमिक उपलब्ध गराउन र श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न÷गराउन महासंघ सञ्चार माध्यम र सरकारलाई आग्रह गर्छ । श्रमजीवी पत्रकार ऐन लागू नगर्ने सञ्चार माध्यमविरुद्ध महासंघ कठोर ढंगबाट प्रस्तुत हुन बाध्य हुने पनि स्पष्ट गर्न चाहन्छौं’ विज्ञप्तिमा छ ।


No comments:

Post a Comment