Sunday, October 7, 2018

विद्यार्थीलाई खेतमा लगेर शिक्षा दिनुपर्छ : प्रधानमन्त्री

काठमाडौं, २० असोज– प्रधानमन्त्री केपी ओलीले विद्यालय र विश्वविद्यालयको कक्षा कोठाको पढाइबाट मात्र विद्यार्थीहरू दक्ष जनशक्ति बन्न नसक्ने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार पूर्वाञ्चल विश्वविद्यालयको २९ औं सिनेट बैठकलाई सम्बोधन गर्दै उनले दक्ष जनशक्ति उत्पादन गर्न विद्यार्थीहरूलाई गाउ“घर र खेतमा लगेर शिक्षा दिन आह्वान गरे ।
 ’अब कक्षा कोठाको पढाइले मात्र पुग्दैन । विद्यार्थीहरूलाई गाउ“घरमा र खेतमा नै लगेर व्यावहारिक शिक्षा दिनु पर्छ’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी स्रोतले कान्तिपुरसित भने । उनले विकासको कामलाई तीव्रता दिन सक्ने दक्ष जनशक्ति उत्पादनमा जुट्न विश्वविद्यालयका पदाधिकारीलाई आग्रह गरे । उनले आधुनिक विज्ञान र प्रविधिलाई समेत उपयोग गरेर शिक्षालाई अघि बढाउनुपर्ने बताए ।

’शिक्षा र प्रविधिलाई समञ्जस्य मिलाएर अघि बढाउनु पर्छ’ उनले भने, ‘यसो गर्दा विद्यार्थीहरू दक्ष जनशक्ति बन्न सक्छन् । थोरै दक्ष जनशक्तिबाट पनि धेरै काम लिन सकिन्छ ।’ उनले यस वर्षदेखि सुरु गरिएको निरक्षरताविरुद्धको अभियानले आगामी वर्ष सबै बालबालिकालाई विद्यालयमा ल्याउने दाबीसमेत गरे । प्रधानमन्त्रीले मुलुकको आवश्यकताअनुसार जनशक्ति उत्पादन गर्ने गरी शैक्षिक क्षेत्रलाई अघि बढाउनसमेत विश्वविद्यालयका पदाधिकारीलाई आग्रह गरे ।

No comments:

Post a Comment