Monday, October 1, 2018

त्रिवि पदाधिकारीद्वारा चिकित्सा विधेयक र आयोगको विरोध

काठमाडौं, १४ असोज– त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयकको चर्को विरोध गर्दै यसलाई स्वीकार गर्न नहुने बताएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित उपसमितिले आइतबार बोलाएको बैठकमा उनीहरूले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा डा. गोविन्द केसीको ‘गुण्डागर्दी’ चलिरहेको र त्यसको नकारात्मक असर विधेयकका परेको दाबी गरे ।
त्रिवि उपकुलपति तीर्थराज खनिया“, रजिष्टार डिल्लीराम उप्रेती र शिक्षाध्यक्ष सुधा त्रिपाठीले यो विधेयक र प्रस्तावित चिकित्सा शिक्षा आयोग आफूहरूलाई स्वीकार्य नरहेको र संसदीय समितिले समेत स्वीकार्न नहुने बताए ।
केसी अनसनमा बसेकै कारण हचुवाका आधारमा विधेयक ल्याइएको हुनाले स्वाकार्न नहुने जिकिर खनिया“को थियो । रजिष्टार उप्रेतीले मुलुकका विश्वविद्यालयहरूले कुनै अपराध नगरेको दाबी गर्दै कसैको दबाबमा चिकित्सा शिक्षा आयोग बनाउ“दा विश्वविद्यालयहरूको स्वायत्तता र अधिकारमाथि नै ठाडो हस्तक्षेप हुने बताए ।

विश्वविद्यालयकी शिक्षाध्यक्ष सुधा त्रिपाठीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा राजनीतिक हस्तक्षेपको कडीका रूपमा विधेयक आएको दाबी गरिन् । डा. केसीले त्रिविका पदाधिकारीहरूलाई लामो समयदेखि बर्खास्त गर्नुपर्ने माग राख्दै आएका छन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्की संयोजकत्वमा गठित आयोगले समेत त्रिवि र काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरूलाई मेडिकल कलेजको सम्बन्धन, विद्यार्थी कोटा र शुल्क निर्धारणमा अनियमितता गरेकामा कारबाही गर्न सिफारिस गरेको छ । 
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बा“स्कोटाले भने विधेयक स्वीकार्न नहुने त्रिवि पदाधिकारीहरूको तर्क गलत रहेको बताए । उनले चिकित्सा शिक्षा र सेवाको सुधारका लागि तत्काल विधेयक पारित गरी आयोग गठन गर्नु अपरिहार्य भइसकेको तर्क राखेका थिए ।
उनले मुलुकमा मेडिकल कलेज सञ्चालन गर्न नदिएर कम गुणस्तर र मान्यता नपाएका विदेशी संस्थामा अध्ययनका लागि नेपाली विद्यार्थीहरूलाई जान बाध्य पार्नु देशको हितमा नहुने बताए । छात्रवृत्तिमा बाहेक नेपालबाट मेडिकल शिक्षाका लागि निजी खर्चमा विदेशमा अध्ययन गर्न जान स्वीकृति नै दिन नहुने उनको तर्क थियो । उनले विधेयकले नया“ मेडिकल कलेजहरू खोल्न केही वर्षलाई रोक्ने उल्लेख गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसहितलाई प्रदेशहरूमा मेडिकल कलेज खोल्नका लागि अनुमति दिन सक्ने अधिकार दिइनुपर्ने बताए ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेशनाथ गंगोलले चिकित्सा शिक्षा आयोग आवश्यक रहे पनि त्यसका नाममा विश्वविद्यालयहरूको स्वायत्ततालाई संकुचित गर्न नहुने बताए । 
यसैबीच शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने चिकित्सा शिक्षा आयोगबारे नकारात्मक नहुन त्रिवि पदाधिकारीहरूलाई आग्रह गरे । उनले आवश्यकताअनुसार विधेयकमा संशोधन गर्न सकिने उल्लेख गर्दै विधेयक र आयोग गठनको प्रस्तावबाट पछाडि फर्कन नसकिने बताए । उनले े सीटीईभीटीलाई चिकित्सा शिक्षा आयोग मातहत लैजाने विधेयकको व्यवस्थाको भने विरोध गरे । उनले आफूले विधेयक अगाडि बढाउन भूमिका खेलिरहे पनि डा. केसीले ‘ब्ल्याकमेलिङ’ गर्दै झूटो आरोप लगाइरहेको दाबी गरे ।



No comments:

Post a Comment