Friday, October 26, 2018

प्रधानाध्यापकसहित ७ जनाविरुद्ध मुद्दा

काठमाडौं, ८ कात्तिक– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको नागार्जुन नगरपालिका–१ रानिवनस्थित बालविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक मैयादेवी मल्लसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मल्लसहित ७ जनाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर दायर गरिएको जनाएको छ ।
मल्लले २०७४ भदौदेखि माघ महिनासम्म छ महिना बिदा स्वीकृत नगराई क्यानडामा बसेको र नेपाल फर्केपछि उक्त अवधिको सम्पूर्ण हाजिर गैरकानुनी रूपमा एकैपटक एक लाख ६२ हजार तलबभत्ता, दशैखर्च, सञ्चयकोष थप रकम, बीमा थप रकम र प्रधानाध्यापक भत्तासमेत बुझेको अभियोगपत्रमा उल्लेख छ । 
क्षेत्राधिकारभन्दा बाहिर कानूनविपरीत तलबी बिदा स्वीकृत गरी मल्ललाई कसुर गर्न सहयोग गरेको आरोपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण लामा, सदस्य नानीमैया लामा, विना श्रेष्ठ, लवेन्द्रबहादुर शाही, मनोज लामा, शिक्षक प्रतिनिधि जीतेन्द्र लामा र लेखापाल विपल लामाविरुद्ध समेत मुद्दा दर्ता गरिएको छ । 


No comments:

Post a Comment