Sunday, October 7, 2018

अब माइक्रोबसका चालकलाई पनि पोशाक

काठमाडौं, २० असोज– राजधानी उपत्यका सञ्चालनमा रहेका सम्पूर्ण माइक्रोबसका चालक तथा सहचालकले मंसिर १ देखि अनिवार्य रूपमा पोशाक लगाउनु पर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघबीचको बैठकले माइक्रोबसका चालक र सहचालकले अनिवार्य रूपमा मंसिर १ देखि फ्लोरेसेन्ट ज्याकेट लगाउनुपर्ने निर्णय गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चालकले सुन्तला र सहचालकले हरियो रंगको ज्याकेट लगाउनुपर्ने छ । महाशाखाको पहलमा उपत्यकामा सञ्चालित ट्याक्सी चालकहरूले अनिवार्य रूपमा फ्लोरेसेन्ट ज्याकेट लगाउन थालेका छन् ।
ज्याकेटले माइक्रोबास चालकको पहिचान हुने, रातिको समयमा चम्किलो देखिने र सेवाग्राहीलाई गुनासो भए उजुरी गर्नसमेत सजिलो हुने विश्वास महाशाखाको छ । ठूला सवारी साधनमा समेत क्रमशः चालकलाई ज्याकेट लगाउने व्यवस्था गर्दै जाने तयारी महाशाखा र महासंघको छ ।


No comments:

Post a Comment