Tuesday, October 9, 2018

पन्त प्रकरणमा थप दुई प्रहरी निलम्बित

काठमाडौं, २२ असोज– कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धानमा खटिएका थप दुई प्रहरी निलम्बनमा परेका छन् । गृह मन्त्रालयले छानबिन प्रतिवेदन सार्वजनिक गरेको भोलिपल्ट नेपाल प्रहरीले घटना भएको दिन पन्तको शवको लुगा पखाल्ने प्रहरी जवान चा“दनी साउद र स“गै खटिएका असई हरसिंह धामीलाई सोमबार निलम्बन गरेको हो ।
गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले आफ्नो प्रतिवेदनमा अनुसन्धानका क्रममा प्रमाण मेटाउने काम गरेको उल्लेख गर्दै धामी र साउदलाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो । समितिको सिफारिसअनुसार गृह मन्त्रालयले यसअघि नै छ प्रहरी अधिकारीलाई निलम्बन गरिसकेको छ । निलम्बनमा परेकामा एसपी डिल्ली विष्ट, डीएसपीद्वय ज्ञानबहादुर सेटी र अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट, एकेन्द्र खडा, प्रहरी सहायक निरीक्षक रमासिंह धामी छन् ।


No comments:

Post a Comment