Monday, October 29, 2018

निकुञ्ज छलेर पूर्व–पश्चिम विद्युतीय रेलमार्ग

पूर्व–पश्चिम विद्युतीय रेलमार्ग
निजगढ–हेटौंडा–भरतपुर खण्डको डीपीआर तयार गर्न आशयपत्र माग
काठमाडौं, ११ कात्तिक– रेल विभागले पूर्व–पश्चिम विद्युतीय रेलमार्गको निजगढ, हेटँैंडा–भरतपुर खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न आशयपत्र माग गरेको छ । मेची–महाकाली रेलमार्गको १ सय ३६ किलोमिटर खण्डको डीपीआर आगामी छ महिनाभित्र निर्माणका लागि आशयपत्र माग गरिएको विभागले जनाएको छ ।
पूर्वमा झापाको बाहुनडा“गीबाट सुरु हुने पूर्व–पश्चिम रेलमार्ग कञ्चनपुरको गडडाचौकीसम्म निर्माण गरिनेछ । पूर्व–पश्चिम रेलमार्ग ९ सय ४६ किलोमिटर लामो हुनेछ । विभागले पूर्व–पश्चिम लोकमार्गको समानान्तर रूपमा रेलमार्ग निर्माण गर्ने भएको छ । विभागले आशयपत्रमा चितवन राष्ट्रिय निकुञ्जभन्दा उत्तरबाट रेलमार्ग निर्माण गर्ने प्रस्ताव गरेको छ । डीपीआरसमेत निकुञ्जभन्दा उत्तर भेगबाट रेलमार्ग निर्माण गर्ने गरी तयार गर्न लागिएको विभागले जनाएको छ । निकुञ्ज भित्रबाट रेलमार्ग निर्माण गर्दा जैविक एवं पर्यावरणको नोक्सानी हुने र ठूलो मात्रामा रूख काट्नुपर्ने भएकाले बाहिरबाट बनाउने निर्णय विभागले गरेको हो ।

विभागका अनुसार निजगढ चोकबाट १० किलोमिटर पश्चिम हु“दै भरतपुर र नवलपरासीको अमरापुरी जोड्ने गरी नया“ रेलमार्ग निर्माण गर्न सोहीअनुसारको डीपीआर तयार गरिनेछ । यसअघि निकुञ्जभित्रबाट रेलमार्ग निर्माण गर्न तयार गरिएको डीपीआरको व्यापक विरोध भएपछि नया“ डीपीआर तयार गर्न आशयपत्र माग गरिएको हो । निकुञ्जबाट रेलमार्ग बनाउन लागिएकामा स्थानीयवासी र सरोकारवालाले तीव्र विरोध गरेपछि प्रस्तावित रुट नै परिवर्तन गरिएको हो । विभागले रेलमार्ग निकुञ्जको मध्यवर्ती क्षेत्र भएर निर्माण गर्ने भएको छ । 
आशयपत्र पेश गर्नेमध्ये उत्कृष्ट कम्पनी छनोट गरी रेलमार्गको डीपीआर निर्माणको जिम्मा दिइनेछ । कम्पनीले वातावरणीय, जैविक तथा भौगोलिक अध्ययन गरी रेलमार्गको डीपीआर तयार गर्नुपर्नेछ । कम्पनीले रेलमार्ग निर्माणका लागि गर्नुपर्ने ठेक्काको कागजात तथा परियोजना कार्यान्वयनका लागि कार्ययोजनासमेत तयार गर्ने जानकारी विभागका अधिकारीले दिए । 
विभागका अनुसार पूर्व–पश्चिम रेलमार्गको बुटवल पश्चिम खण्डमा समेत डीपीआर निर्माणको काम भइरहेको छ । विभागले चार खण्डमा विभाजन गरेर रेलमार्गको डीपीआर तयार पार्ने काम भइरहेको उल्लेख गर्दै अबको छ महिनाभित्रै पूरा हुने जनाएको छ । डीपीआर तयार पारेपछि विभागले रेलमार्ग निर्माण सुरु गर्ने तयारीमा छ । पूर्व–पश्चिम रेलमार्गको जयनगर–जनकपुर हु“दै बर्दिबाससम्मको ३५ किमि रेलमार्ग तयार भइसकेको छ । विभागले त्यहा“ रेल इन्जिन र डिब्बा ल्याएर आगामी फागुनदेखि रेल गुडाउने तयारी गरिरहेको छ ।

No comments:

Post a Comment