Saturday, October 13, 2018

७० प्रतिशत महिला हिंसाको कारण मदिरा सेवन : गृहमन्त्री

काठमाडौं, २६ असोज– गृहमन्त्री रामबहादुर थापाले महिला र बालबालिकामाथि हुने ७० प्रतिशतभन्दा बढी जघन्य अपराधको कारण मदिरा सेवन रहेको बताएका छन् । गृह मन्त्रालयद्वारा शुक्रबार आयोजित महिला हिंसासम्बन्धी अन्तक्र्रिया कार्यक्रममा थापाले जघन्य अपराधका घटना कम गर्न मदिरा सेवनलाई नियन्त्रण गर्न सरकार लागिपरेको बताए । सरकारले कसरी मदिरा नियन्त्रण गर्दैछ भन्ने चाहि“ उनले उल्लेख गरेनन् ।
उनले महिला, बालबालिकामाथि भइरहेका हत्या, बलात्कार, हिंसालगायतका जघन्य अपराधका घटना गृह मन्त्रालय एक्लैले नियन्त्रण गर्न नसक्ने भएकाले सरकार र जनता दुवैले सहकार्य गरेर अघि बढनुपर्ने बताए ।
गृहमन्त्री थापाले मुलुकलाई बिखण्डन गर्न खोज्ने तत्वलाई सरकारले कडा निगरानीमा राखिरहेको दाबी गरे । उनले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र विरोधी तत्वले अझै पनि द्वन्द्व निम्त्याउन खोजिरहेको जिकिर गर्दै त्यसलाई निष्तेज पारेर जनतालाई सुखी बनाउने गरी सरकारले समृद्धिको अभियान अघि बढाएको उल्लेख गरे । उनले समृद्धिको बाधकका रूपमा रहेका सबै खाले तत्वलाई परास्त गर्न सरकार दृढतापूर्वक लागिरहेको दाबीसमेत गरे ।


No comments:

Post a Comment