Thursday, October 11, 2018

आयोगद्वारा अपराध अनुसन्धान विज्ञसँग छलफल

काठमाडौं, २४ असोज– राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाका सम्बन्धमा बुधबार अपराध अनुसन्धान विज्ञहरूसँग छलफल गरेको छ । 
आयोगका कार्यवाहक अध्यक्ष प्रकाश वस्तीसहितका पदाधिकारीले नेपाल प्रहरीका पूर्व एआईजीद्वय राजेन्द्रबहादुर सिंह र विज्ञानराज शर्मा, पूर्वडीआईजीद्वय रमेश खरेल र बमबहादुर भण्डारी, पूर्वनायव महान्यायाधिवक्ताहरू नरेन्दप्रसाद पाठक, सूर्यप्रसाद कोइराला र ठोकप्रसाद शिवाकोटीलाई आयोगमा बोलाएर छलफल गरेको हो ।
आयोगका पदाधिकारीले पन्तको हत्यामा संलग्न दोषी पत्ता लगाउन नेपाल प्रहरीबाट गरिएको प्रारम्भिक अनुसन्धान, सरकारी टोलीबाट गरिएको छानबिन तथा अनुसन्धान सिलसिलेवार प्रक्रियाबाट भए/नभएकोबारेमा जिज्ञासा राखेका थिए । 

आयोगद्वारा जारी विज्ञप्तिका अनुसार छलफलका क्रममा घटनास्थलको सुरक्षा, सूचना तथा प्रमाणको संकलन प्रक्रिया, वैज्ञानिक परिक्षण विधि, प्रक्रियालगायत हालसम्म भएका अनुसन्धानबाट प्राप्त तथ्यका सम्बन्धमा विचारविमर्श भएको थियो । 

No comments:

Post a Comment