Thursday, October 4, 2018

पत्रिका जलाइएकामा महासंघको आपत्ति

काठमाडौं, १७ असोज– नेपाल पत्रकार महासंघले समाचारको विषयलाई लिएर कैलालीको अत्तरियामा बुधबार कान्तिपुर दैनिकसहितका पत्रपत्रिका जलाइएको घटनाप्रति आपत्ति प्रकट गरेको छ ।
महासंघले बुधबार विज्ञप्ति जारी गरी कुनै पनि बहानामा जनतालाई सुसूचित गराउने पत्रपत्रिका जलाइनु तथा पत्रकारमाथि आक्रमण गरिनुले स्वतन्त्र प्रेसमाथिको ठाडो हस्तक्षेप भएको टिप्पणी गरेको छ ।
विज्ञप्तिमा महासंघले यस्ता कार्यले संवैधानिक व्यवस्थाको उल्लंघन हुनुका साथै जनताको सुसूचित हुन पाउने अधिकारलाई कुण्ठित पार्ने उल्लेख गरेको छ । महासंघले घटनाको छानबिन गरी दोषीलाई तत्काल कानुनी दायरामा ल्याउन तथा सञ्चारकर्मी र सञ्चार माध्यमको सुरक्षामा संवेदनशील हुनसमेत सरकारको ध्यानाकर्षण गराएको छ । 


No comments:

Post a Comment