Monday, October 8, 2018

विश्व बैंक र जापानले साढे १२ अर्ब सहयोग गर्ने

काठमाडौं, २१ असोज– विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था र जापान सरकारले नेपाललाई १२ अर्ब ६७ करोड रुपैया“ ऋण तथा अनुदान सहयोग गर्ने भएका छन् । विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाले मुलुकको ऊर्जा क्षेत्रमा लगानी वृद्धिका लागि ११ अर्ब ६३ करोड रुपैया“ सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ ।
जापानले बनेपा–सिन्धुली बर्दिबास सडक स्तरोन्नतिका लागि एक अर्ब ४ करोड रुपैया“ अनुदान सहयोग गर्ने भएको छ । उक्त सडक जापानी अनुदान सहयोगमा निर्माण भएको हो । उक्त सडकको मर्मतसम्भार र स्तरोन्नतिका लागि जापानले थप सहयोग गर्न लागेको जानकारी अर्थमन्त्रालयले दिएको छ । 

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले दुवैको ऋण तथा अनुदान सहायता स्वीकार गर्ने निर्णय गरी सहयोगसम्बन्धी सम्झौता गर्ने अर्थमन्त्रालयलाई अख्तियारी दिएको छ ।

No comments:

Post a Comment