Thursday, October 11, 2018

सर्वोच्चका न्यायाधीश शर्माको निधन

काठमाडौं, २४ असोज– सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रेम शर्माको बुधबार निधन भएको छ । मृगौला रोगबाट पीडित शर्माको ७१ वर्षको उमेरमा मेडिसिटी अस्पतालमा निधन भएको हो । 
उनी ०६५ माघदेखि ०६८ चैतसम्म सर्वोच्चका न्यायाधीश थिए । उनले सर्वोच्चमा रह“दा ऐतिहासिक फैसलासमेत गरेका थिए । 
 शर्माले कांग्रेसका तत्कालीन सभापती तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको अपहेलना मुद्दामा फैसला गरेका थिए । कोइरालाले लाउडा जहाज भाडा प्रकरणमा अदालत नारायहिटीमा सार्दा हुन्छ भन्ने अभिव्यक्ति दिएका थिए । शर्माले कोइरालाको अभिव्यक्तिले अदालतको अवहेना ठहर नहुने फैसला सुनाएका थिए । 
कुनै पनि अभिव्यक्तिले अदालतको अवहेला नहुने उनको ठहर थियो ।  २०६६ जेठ २८ गरेको उक्त फैसलामा उनले अदालतको अवहेलना कुनै यान्त्रिक सूत्रमा आबद्ध गरी मूल्यांकन गर्न नसकिने भन्दै कोइरालाविरुद्ध परेको निवेदन खारेज गरिदिएका थिए ।


No comments:

Post a Comment