Sunday, October 28, 2018

कांग्रेस महासमिति बैठक भृकुटीमण्डपमा

काठमाडौं, १० कात्तिक– प्रमुख प्रतिपक्षी कांग्रेसले आगामी मंसिर ५ देखि ९ सम्म हुने पार्टीको महासमिति बैठक राजधानीको भृकृटीमण्डपमा गर्ने निर्णय गरेको छ । कांग्रेसका पदाधिकारी र राजधानी उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका पार्टीका कार्यसमितिहरूको शनिबार बसेको संयुक्त बैठकले महासमिति बैठक बस्ने ठाउ“ तय गरेको हो । बैठकले महासमिति बैठकलाई भव्य रूपमा सम्पन्न गर्न तयारी समितिहरू गठन गरेको कांग्रेस केन्द्रीय कार्यालयद्वारा शनिबार जारी विज्ञप्तिमा छ ।
बैठकले दसैं, तिहार, छठ र नेपाल संवतको उपलक्ष्यमा शुभकामना आदानप्रदान गर्न कात्तिक १६ गते राजधानीमा गर्ने चियापान कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउने निर्णयसमेत गरेको छ । कांग्रेसले पार्टीको केन्द्रीय कार्यालय सानेपामा कात्तिक १६ गते दिउ“सो १ देखि ५ बजेसम्म चियापान कार्यक्रम राखेको छ । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति बिमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खडका, सहमहामन्त्री प्रकाशशरण महत, कोषाध्यक्ष सितादेवी यादव, काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला समितिका सभापतिहरू क्रमशः सबुज बानिया“, मदन अमात्य र दुर्लभ थापालगायत सहभागी थिए ।



No comments:

Post a Comment