Sunday, October 28, 2018

चीनले साढे २ अर्ब सहयोग गर्ने

प्रतिरक्षा विश्वविद्यालय स्थापनामा सघाउन आग्रह
काठमाडौं, १० कात्तिक– चिनिया“ सरकारले विपत्ति राहत उपकरण तथा मानवीय सहयोग स्वरूप नेपाललाई १५ करोड युआन (करिब २ अर्ब ६० करोड रुपैया“) सहयोग गर्ने भएको छ । चीन भ्रमणमा रहेका उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र उनका चिनिया“ समकक्षी वेइ फेङहेबीच बेइजिङमा शनिबार सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । 
आगामी पा“च वर्षमा चीनबाट उक्त सहायता प्राप्त हुने बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । त्यसअघि दुवै देशका रक्षामन्त्रीले आपसी हित र चासोका विविध विषयमा विचारविमर्श गरेका थिए ।
यसैबीच पोखरेलले नेपालमा सैन्य विश्वविद्यालय स्थापनामा सहयोग गर्न चीन सरकारलाई आग्रह गरेका थिए । चिनिया“ रक्षामन्त्रीले पोखरेलको आग्रहलाई सकारात्मक रूपमा लिदै दुवै देशका सेनाबीचको सहकार्य र साझेदारीमा जोड दिएको दुतावासले उल्लेख गरेको छ ।

दूतावासद्वारा जारी विज्ञप्तिअनुसार चीनले सैन्य विश्वविद्यालय स्थापनाका लागि आपसी परामर्शमा सहयोग दिनेबारेमा अन्तिम निर्णय गर्नेछ ।

No comments:

Post a Comment