Friday, October 5, 2018

खसीबोकामा कर नउठाउन स्थानीय तहलाई निर्देशन

काठमाडौं, १८ असोज– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई खसी, बोका र च्यांग्रामा व्यवसायीस“ग कर नउठाउन निर्देशन दिएको छ । दसैंको मुखमा व्यवसायीहरूले राजधानी र अन्य मुख्य सहरमा खसी, बोका, च्याङ्ग्रा, कुखुरा लैजाने क्रममा स्थानीय तहहरूले कर उठाउन थालेको आवाज उठेपछि मन्त्रालयले बिहीबार त्यस्तो निर्देशन दिएको जानकारी स्रोतले दिएका छन् ।
स्रोतका अनुसार संघीय मामिला मन्त्रालयको सचिवस्तरको निर्णयबाट सबै स्थानीय तहलाई कर संकलन नगर्न परिपत्र गरिएको हो । खसी, बोका संघीय राजधानी काठमाडौंमा ल्याउ“दै गर्दा चन्द्रागिरी नगरपालिकाले व्यवसायीस“ग कर उठाएको प्रमाणसहित चौपाया खरिद–बिक्री सेवा संघले त्यसलाई रोक्न माग गर्दै संघीय मामिला मन्त्रालयमा दिएको थियो । 

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६१ मा ‘जीवजन्तु र चौपायाको व्यापार व्यवसाय गर्ने व्यवसायीबाट व्यवसाय कर वा हाटबजारमा खरिद–बिक्री भएको अवस्थामा बाहेक अन्य कुनै किसिमको कर, शुल्क आदि उठाउन नमिल्ने’ व्यवस्था छ ।

No comments:

Post a Comment