Wednesday, October 10, 2018

नेकपाको चियापान कात्तिक १० मा

काठमाडौं, २३ असोज– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले यस वर्षको दशैं, नेपाल संवत, दीपावली, छठलगायतका चाडपर्वको अवसरमा आगामी कात्तिक १० गते शनिबार संघीय राजधानीको भृकुटीमण्डपमा चियापान गर्ने भएको छ । 
गत जेठ ३ मा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि बनेको एकीकृत नेकपाले पहिलोपटक चियापान गर्न लागेको हो । नेकपाले पहिलो चियापानलाई राष्ट्रिय महत्वको ऐतिहासिक कार्यक्रमका रूपमा गर्ने तयारी गरेको छ ।
नेकपाका महासचिव विष्णु पौडेलको संयोजकत्वमा मंगलबार बसेको बैठकले चियापानको व्यवस्थापन र तयारीमा लाग्न पार्टीको प्रदेश नं ३ कमिटी, उपत्यकास्थित कमिटी र जनसंगठनहरूलाई परिचालन गर्ने निर्णय गरेको छ । यसअघि तत्कालीन एमाले र माओवादी केन्द्रले अलग अलग रूपमा चियापान आयोजना गर्दै आएका थिए । 


No comments:

Post a Comment