Wednesday, October 24, 2018

पत्रकार मारिएको विरोधमा साउदी दुतावासमा ज्ञापन

काठमाडौं, ६ कात्तिक– नेपाल पत्रकार महासंघले साउदी पत्रकार, लेखक तथा अल वतन दैनिकका पूर्वप्रधानसम्पादक जमाल खासोग्जीको हत्याको विरोधमा संघीय राजधानी काठमाडौंस्थित साउदी अरेबियाको दूतावासमा ज्ञापनपत्र बुझाएको छ ।
अक्टोबर २ तारिखमा टर्कीको इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा प्रवेश गरेदेखि बेपत्ता भएका पत्रकार खासोग्जीको महावाणिज्य दूतावासभित्रै हातपातका क्रममा मृत्यु भएको साउदी सरकारले करिब दुई सातापछिमात्रै स्वीकार गरेको छ ।

महासंघले खासोग्जीको हत्याको भत्र्सना गर्दै घटनाको छानबिन गरी सत्यतथ्य सार्वजनिक गरी दोषीमाथि कडा कारबाही गर्न दुतावासमार्फत साउदी सरकारलाई ज्ञापनपत्रमा आग्रह गरेको छ ।

No comments:

Post a Comment