Monday, October 29, 2018

राजपामा महाधिवेशनपछि पनि अध्यक्ष मण्डल रहने

अध्यक्ष मण्डल राख्ने व्यवस्थाप्रति पार्टीभित्र व्यापक असन्तुष्टि  
काठमाडौं, ११ कात्तिक– राष्ट्रिय जनता पार्टी (राजपा) ले पार्टीको आगामी महाधिवेशनपछि समेत ‘अध्यक्ष मण्डल’ यथावत राख्ने भएको छ । राजपाको केन्द्रीय सचिवालय बैठकले विधान संशोधन गरेरै महाधिवेशनपछि पनि अध्यक्ष मण्डल राख्ने व्यवस्था गरेको हो । पार्टीको आगामी वैशाख ७ देखि ९ गते हुने महाधिवेशनमा अध्यक्ष मण्डल यथावत् राख्ने विधान पारित गरिने भएको छ ।
राजपाको राजनीतिक समितिको बैठकले अध्यक्ष मण्डललाई विघटन गरी अध्यक्षीय प्रणालीमा जाने प्रस्ताव गरेको थियो । राजपाले निर्वाचन आयोगमा हालै बुझाएको संशोधित विधानमा महाधिवेशनपछि समेत अध्यक्ष मण्डल रहने व्यवस्था गरिएको छ । विधानको उक्त व्यवस्थाप्रति अध्यक्ष मण्डलबाहेक राजपाको राजनीतिक समिति र केन्द्रीय समितिका अधिकांश पदाधिकारी तथा सदस्यको तीव्र असन्तुष्टि रहेको छ ।
पार्टीको राजनीतिक तथा केन्द्रीय समिति बैठकमा उपाध्यक्ष वृशेषचन्द्र लाल, महासचिव केशव झासहितका अधिकांश पदाधिकारी तथा सदस्यहरूले महाधिवेशनमा अध्यक्ष मण्डल विघटन गरी निर्वाचित केन्द्रीय समितिले पार्टी सञ्चालन गर्नुपर्ने अडान राख्दै आएका छन् ।

२०७४ वैशाख ७ मा मधेस केन्द्रित ६ दल मिलेर राजपा गठन भएको हो । एकीकरण गर्दा छ दलका अध्यक्ष रहेको अध्यक्ष मण्डलले नेतृत्व हा“क्ने सहमतिअनुसार ६ जनाको नेतृत्वमा राजपा सञ्चालन हु“दै आएको छ ।  राजपामा महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्रराय यादव, शरदसिंह भण्डारी, यादव र अनिलकुमार झा रहेको अध्यक्ष मण्डल छ । 
राजपाले महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ । गाउ“पालिका, नगर, उपमहानगर, महानगर, क्षेत्र, जिल्ला र प्रदेशस्तरको अधिवेशन गर्न राजपाले देशव्यापी सक्रिय सदस्यता नवीकरण र नया“ वितरण सुरु गरेको छ । राजपाले वैशाख ७ देखि ९ गते केन्द्रीय महाधिवेशन गर्ने कार्यसूची निर्वाचन आयोगलाई बुझाएको छ ।

No comments:

Post a Comment