Friday, October 26, 2018

वीपी मार्ग पुनःनिर्माण गर्न जापानको १ अर्ब ८ करोड

काठमाडौं, ८ कात्तिक– जापानले बीपी राजमार्ग पुनर्निर्माणका लागि नेपाललाई १ अर्ब आठ करोड रुपैयाँ अनुदान सहयोग गरेको छ । सहयोग सम्बन्धी सम्झौता पत्रमा बिहीबार अर्थ मन्त्रालयमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा अर्थमन्त्रालयका सचिव डा. राजन खनाल र नेपालका लागि जापानी राजदूत मिसामिची साइगोले हस्ताक्षर गरेका छन् ।
१६० किलोमिटर लामो बीपी राजमार्गमा २०७२ को गोर्खा भूकम्पले क्षति पुगेको छ । काभ्रेको धुलिखेलबाट महोत्तरीको बर्दिबास जोड्ने उक्त राजमार्ग जापान सरकारले नै बनाइदिएको थियो । कार्यक्रममा राजदूत मिसामिचीले जापानले नेपाललाई उपलब्ध गराएको यो रकम हालसम्मकै सबभन्दा ठूलोमध्येको एक अनुदान सहायता भएको जानकारी दिनुका साथै र यसलाई पूरा गर्न २० वर्ष लागेको बताए ।

भूकम्पले बीपी रागमार्गको २० ठाउँमा क्षति पु¥याएको र त्यसको पुनर्निर्माणको काम अब छिट्टै शुरु हुने उनले बताए । राजमार्गलाई पाँच भागमा बाँडेर पुनर्निर्माणको काम सम्पन्न गर्ने उनले जानकारी गराए ।

No comments:

Post a Comment