Monday, October 8, 2018

एसपी बिष्ट र बम दिदीबहिनीमाथि पुनः छानबिन गर्न आयोगको निर्देशन

काठमाडौं, २१ असोज– राष्ट्रिय मानवअधिकार आयोगले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निलम्बित एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनीमाथि पुनः छानबिन गर्न आइतबार सरकारलाई निर्देशन दिएको छ ।
कञ्चनपुर पुगेर घटनाको स्थलतगत अध्ययन गरेको मानव अधिकार आयोगको टोलीले तयार पारेको प्रतिवेदनका आधारमा आयोगले सरकारलाई विष्ट र बम दिदीबहिनीमाथि पुनः छानबिन गर्नुपर्नेलगायतका ८ बु“दे निर्देशन दिएको हो । प्रतिवेदनमा निर्मलाकी आमाले हारगुहार गर्दासमेत प्रहरीले खोजीमा तत्परता नदेखाएको तथा शव भेटिएपछि पनि प्रमाणको संरक्षण गर्नुको साटो नष्ट गरेको पाइएको आयोगले उल्लेख गरेको छ ।
‘तत्कालीन जिल्ला प्रहरी प्रमुख बिष्ट घटनास्थलमा आफैं उपस्थित भई आवश्यक सूचना प्रवाह तथा समन्वय गरेको नपाइएकाले उनीमाथि थप अनुसन्धान गर्नुपर्ने देखिएको’ आयोगले सरकारलाई दिएको निर्देशनमा उल्लेख छ । आयोगले रोशनी र बबिता बमलाई समेत शंकाको घेरामा राखी पुनः अनुसन्धान अघि बढाउनसमेत सरकारलाई निर्देश गरेको छ । 

घटनामा शंकास्पद व्यक्तिहरूको डीएनए परीक्षण गरिए पनि ल्याबमा प्रयोग भएको औजार, रसायन, भिजाइनल स्वाबको सुरक्षा पर्याप्त भए/नभएको पुनः विश्लेषण र जा“च गर्नसमेत आयोगले सरकारलाई निर्देशन दिएको छ । प्रहरी अनसन्धानको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठदा आम नागरिक र पीडित परिवारमा निराशा बढेको उल्लेख गर्दै आयोगले दोषीलाई जतिसक्दो छिटो कारबाहीको दायरामा ल्याउनसमेत सरकारलाई आग्रह गरेको छ ।

No comments:

Post a Comment