Tuesday, July 16, 2019

बाढीपीडितलाई कांग्रेस सांसदको ५ दिनको तलब

काठमाडौं, ३० असार– प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदले बाढीपहिरो र डुबान प्रभावितका लागि राहतस्वरूप पाँच दिनको तलब सहयोग गर्ने भएका छन् । प्रतिनिधिसभा र राष्ट्रिय सभामा रहेका कांग्रेस सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा रहेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ दिनको तलब एकमुष्ट जम्मा गर्ने भएका हुन् ।
कांग्रेस संसदीय दलले सोमबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय विपदको घडीमा सबैलाई एकताबद्ध भई विपदको सामना गर्न आहवानसमेत गरेको छ । कांग्रेसले प्राकृतिक प्रकोपमा परी घाइते भएकाको शीघ्र स्वास्थ्य लाभको कामना, ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ ।

No comments:

Post a Comment